मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : माधव नेपाल

Ujyalosandeshonline 12611+ समाचार ( )
९ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालले नयाँ पार्टीमा ‘बा’ भन्ने प्रवृत्ति हाबी हुन दिन नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघमा विभिन्न संगठनबाट प्रवेश कार्यक्रममा उनले इतिहास र सबै नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई स्मरण नगरे पार्टीभित्र ‘बा’ भन्ने प्रवृत्ति हाबी हुने भन्दै यस्तो प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताए । 

उनले भने, ‘इतिहासको चर्चा गर्दा पनि ०५२ सालको मात्रै चर्चा गर्ने होइन् ०६ साल, ०२८ सालदेखिको चर्चा हुनुपर्छ । एक नेता मात्रै होइन सबैले खेलेको भूमिकालाई पनि स्मरण गर्नुपर्छ । नभए हामीभित्र पनि ‘बा’ भन्ने प्रवृत्ति हाबी हुनेछ । ‘बा’ प्रवृत्तिबाट मुक्त होऔँ । साथै विचार, सिद्धान्त, रणनीति र कार्यक्रमले मात्रै होइन समाजवादको उद्देश्यले पनि एकताबद्ध होऔँ । नेपाली जनताको आशाको केन्द्रको रुपमा यो पार्टीलाई कसरी बढाउन सकिन्छ भन्ने सन्देश पनि दिने हो ।’

यस्तै, उनले नयाँ पार्टीमा आएपछि पुरानो पार्टीबाट मुक्त हुनुपर्ने भन्दै यसको लागि पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्ने बताए । 

‘नयाँ पार्टी बनेको छ । हामी पूरानो पार्टीबाट मुक्त हुनुपर्छ । यसमा प्रशिक्षणको पनि आवश्यकता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईंको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । संगठन मेरो वा अर्को संगठन अरुको भन्ने कुराबाट पनि मुक्त हुनुपर्छ । अब एउटै जसरी पार्टी भएको छौ त्यसैगरी सबै जनसंगठनलाई पनि एकताबद्ध गराउनु पर्नेछ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार