मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मलेसियाका प्रस्तावित राजदूतलाई विचौलियासँग डर

Ujyalosandeshonline 11005+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । मलेसियाका लागि प्रस्तावित राजदूत डा.नेत्रप्रसाद तिमिल्सिनाले मलेसियामा बिचौलियाहरूले श्रमिकहरूलाई ठग्ने गरेको भन्दै आफू एकदमै अफ्ठ्यारो ठाउँमा जान लागेको बताएका छन् । 

संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले मलेसियामा बिचौलिया हरू भएका कारण आफूलाई टिकेर काम गर्न कठिन हुने भन्दै श्रम नीति अन्तर्गत राज्यले सहयोग गर्न सकेमा सहज हुने बताए । 

‘मलेसिया र नेपालमा म्यानपावर बीचमा काम गर्ने वचौलियाहरु हुन्छन् । बिचौलियाले सिन्डिकेट गरेर श्रमिकलाई सोझै कम्पनीसँग सम्पर्क दिंदैनन् । मलेसियामा जताततै विचौलिया हुन्छन भन्ने सुनेको छु । जताततै ठग्ने काम गर्छन् रे,’उनले भने, ‘राजदुतहरुले पुलिस लगाएर लखेट्नुपर्छ रे ।

म एकदमै अफ्ठ्यारो ठाउँमा जाँदैछु । मलाई थाहा छैन कति टिक्न सक्छु । यहाँहरूले बिचैमा तँ फेल भइस्, आइज भन्नुभयो भने मलाई केही छैन । म राष्ट्रका लागि, देशका लागि इमानदारितापूर्वक काम गर्ने हो । राज्यले सहयोग गर्यो र श्रम नीति अन्तर्गत जान सकियो भने सहज हुन्छ ।’

उनले मलेसियाबाट उच्चस्तरीय भ्रमणका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाए । यस्तै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितले नेपाल र इजरायल बिचको द्विपक्षीय सम्बन्धलाई सुदृढ एवं मजबुत बनाउनप्रयत्न गर्ने प्रतिबद्धता जनाए । नेपाल इजरायलबीच सिधा हवाइ सेवा सञ्चालनका लागि पहल गर्ने पनि उनको भनाई छ । 

त्यस्तै,पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालले नेपाल र पाकिस्तानबिच उच्च राजनीतिक स्तरको भ्रमणका लागि पहल गर्ने, नेपालको संघीय संसद् र पाकिस्तानको आपसी सम्बन्ध विस्तारमा भूमिका खेल्ने प्रतिवद्धता जनाइन । 

पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलले पनि आफ्नो कार्ययोजना पेस गरेका छन् । उनले आफ्नो कार्ययोजना पेस गर्दै पोर्चुगलमा पहिलो पटक नेपालको आवासीय राजदुतावास स्थापनाका लागि प्रारम्भिक प्रक्रिया सुरु गर्ने प्रतिवद्धता जनाए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार