मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

श्रीलंकन पूर्व राष्ट्रपती विक्रमासिंघेले गरे तिलौराकोट भ्रमण

Ujyalosandeshonline 12321+ समाचार ( )
१४ पौष २०८१, आइतबार

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपती तथा पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले आईतबार शाक्यवंशिय राजधानी प्राचिन कपिलबस्तुको तिलौराकोट भ्रमण गरेका छन् । शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका बिक्रमासिंघेले दोस्रो दिन गौतमबुद्धको गृहनगर तिलौराकोट क्षेत्रको भ्रमण गरेका हुन् । पूर्वराष्ट्रपती विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, कपिलबस्तु शाखा प्रमुख माधव आचार्यले तिलौराकोटमा स्वागत गरे । 

परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघे तिलौराकोट हेलिकप्टर मार्फत पुगेका थिए । श्रीलंका बुद्धिष्ट राष्ट्र भएकाले सिद्धार्थ गौतमले २९ बर्ष बिताएको प्राचिन कपिलबस्तु राज्यको दरबारक्षेत्र तिलौराकोटको भ्रमणमा पूर्वराष्ट्रपती बिक्रमासिंघले चासो रोखका थिए । उक्त अवसरमा बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा सूचना शाखाका विकास लामाले विफ्रिङ गरेका थिए । बिक्रमासिंघे श्रीलकाका नवौं राष्ट्रपती र दसौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म प्रधानमन्त्री बनेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार