मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

श्रीलंकन पूर्व राष्ट्रपती विक्रमासिंघेले गरे तिलौराकोट भ्रमण

Ujyalosandeshonline 12612+ समाचार ( )
१४ पौष २०८१, आइतबार

लुम्बिनी । श्रीलंकाका पूर्व राष्ट्रपती तथा पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले आईतबार शाक्यवंशिय राजधानी प्राचिन कपिलबस्तुको तिलौराकोट भ्रमण गरेका छन् । शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका बिक्रमासिंघेले दोस्रो दिन गौतमबुद्धको गृहनगर तिलौराकोट क्षेत्रको भ्रमण गरेका हुन् । पूर्वराष्ट्रपती विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, कपिलबस्तु शाखा प्रमुख माधव आचार्यले तिलौराकोटमा स्वागत गरे । 

परिवारसहित लुम्बिनी भ्रमणमा आएका विक्रमासिंघे तिलौराकोट हेलिकप्टर मार्फत पुगेका थिए । श्रीलंका बुद्धिष्ट राष्ट्र भएकाले सिद्धार्थ गौतमले २९ बर्ष बिताएको प्राचिन कपिलबस्तु राज्यको दरबारक्षेत्र तिलौराकोटको भ्रमणमा पूर्वराष्ट्रपती बिक्रमासिंघले चासो रोखका थिए । उक्त अवसरमा बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा सूचना शाखाका विकास लामाले विफ्रिङ गरेका थिए । बिक्रमासिंघे श्रीलकाका नवौं राष्ट्रपती र दसौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म प्रधानमन्त्री बनेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार