मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

संविधानको मर्मअनुसार प्रभावकारी भूमिका निभाइरहेका छौं : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11904+ समाचार ( )
३ अशोज २०८१, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको मर्म अनुसार लुम्बिनी प्रदेश सरकारले आफ्ना भूमिकालाई प्रभावकारी बनाइरहेको बताउनु भएको छ । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको मर्म अनुरुप प्रदेश सरकारले आफ्नो कामलाई थप सुदृढ र जनमुखी बनाउँदै गएको, सुशासन, सामाजिक न्याय र जनमुखी विकासको माध्यमबाट समृद्ध लुम्बिनी प्रदेश प्रतिबद्ध रहेको बताउनु भएको हो ।  

सबै प्रकारका विभेद र उत्पीडनको संस्थागत रुपमा संविधानले अन्त्य गरेको, बहुलबाद, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषतालाई आत्मसात् गरेको बताउदै संविधानको एकल सूचीका अधिकारलाई कार्यान्वयन गर्दै साझा सूचीका अधिकारलाई समन्वय, सहकार्यको माध्यमबाट अघि बढाउन प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नु भएको छ ।

‘सेवाप्रवाहको नविनतम भूमिकामा प्रदेश संरचना रहेको छ । कानुन निर्माणदेखि कार्यान्वयनको भूमिकामा प्रदेशले सफलता हासिल गर्दै अगाडि बढिरहेको कुरा सगौरव उल्लेख गर्न चाहान्छु’शुभकामना सन्देशमा भनिएको छ,‘समृद्धि र विकास प्रति जनताकोे तिब्र आकांक्षालाई पूरा गर्न हामी प्रदेश सरकारको तर्फबाट दृढ संकल्पित छौं । संविधानको पूर्ण पालना गर्नु हामी सबै नागरिकको कर्तव्य हो । संविधानले मार्गदर्शन गरे अनुरुप सरकारका काम कारबाही अगाडि बढाउनु नै विधिको शासनको मूलमर्म हो भन्ने हामीलाइ लागेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार