मुख्य समाचार
ओमानसँग नेपाल ए टोली पराजित | मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर | गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने | गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ |

मधेस प्रदेशमा बालमृत्यु र कुपोषण उच्च, स्वास्थ्य बिमा र शिक्षामा पहुँच अझै कमजोर

Ujyalosandeshonline 11044+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

महेन्द्रनगर (धनुषा)। जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । सर्वेक्षणले विशेषगरी मधेस प्रदेशमा बालमृत्यु, कुपोषण, किशोरी प्रजनन् दर र विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको देखाएको छ ।

प्रतिवेदनअनुसार मधेस प्रदेशमा नवजात शिशु मृत्युदरप्रति एक हजार जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो । त्यस्तै, कुपोषणको अवस्था पनि गम्भीर देखिएको छ उमेरअनुसार तौल कम भएका (लिखुरे) बालबालिका २३.२ प्रतिशत र उचाइ कम भएका (पुड्को) ३१.१ प्रतिशत रहेका छन् । शिक्षा क्षेत्रमा पनि चुनौती देखिएको छ । कक्षा १–५ मा ९.२ प्रतिशत, ६–८ मा ८.२ प्रतिशत र ९–१२ मा २२.६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने दर पनि मधेशमा २६.३ प्रतिशत मात्र रहेको छ ।

स्वास्थ्य सेवाको पहुँचमा असमानता देखिएको छ । मधेस प्रदेशमा केवल ७०.४ प्रतिशत महिलाले सिफारिसअनुसार चार पटक पूर्वप्रसूति जाँच गराएका छन् भने स्वास्थ्य बिमा गर्नेको सङ्ख्या निकै न्यून छ महिला ६.६ प्रतिशत र पुरुष ३.९ प्रतिशत मात्र छ । प्रजनन् स्वास्थ्यतर्फ मधेसमा कुल प्रजनन् दर २.४ रहेको छ, जुन राष्ट्रिय औसत १.९ भन्दाबढी हो । किशोरी (१५–१९ वर्ष) प्रजनन् दर पनि उच्च (प्रति १००० मा ७१) देखिएको छ ।

यद्यपि, केही सकारात्मक पक्ष पनि देखिएका छन् । मधेसमा ९८.५ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच पुगेको छ भने ९४.७ प्रतिशतमा टेलिफोन सुविधा उपलब्ध छ । ७८.९ प्रतिशत घरपरिवारले इन्टरनेट प्रयोग गर्ने उपकरण प्रयोग गरिरहेका छन् ।खानेपानीतर्फ सुधारिएको स्रोत प्रयोग गर्नेको प्रतिशत उच्च (९९प्रतिशत) भए पनि ६५ प्रतिशत पानीमा ‘इ–कोली’ जीवाणु भेटिनु चिन्ताजनक रहेको प्रतिवेदनले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले यस सर्वेक्षणबाट प्राप्त तथ्याङ्कले नीतिनिर्माण, योजनातर्जुमा र दिगो विकास लक्ष्यको अनुगमनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ । यो सर्वेक्षण युनिसेफ नेपालको सहयोगमा सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार