मुख्य समाचार
स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा |

मुगुमा रैथाने बिउ विजन प्रदर्शनी मेला

Ujyalosandeshonline 11006+ समाचार ( )
२१ पौष २०८१, आइतबार

मुगु । मुगुको पश्चिमी भेगमा रहेको खत्याड गाँउपालिकाको राता पानीमा आयोजना गरिएको एक दिने स्थानीय रैथाने अन्न बालीको बिउ प्रदर्शनी मेला तथा ऐचोेपैचो कार्यक्रम सकिएको छ । 

मुगु अन्नको भण्डार मानिएको खत्याड गाँउपालिकामा पूर्खा देखि खेती गर्दै आएका स्थानीय धान, कोदो, मकै, फापर, चिनो, कागुनो, मार्से, भटमास लगायत अन्य तरकारी, लोपन्मुख अन्नबाली वा फलफूल लगायत ९० प्रकारका बस्तुहरुको मेलामा प्रदर्शन गरिएको थियो ।

उक्त पालिकाभित्र उत्पादनहुने अन्नबाली, तरकारी एवम फलफुलको बिउ बिजनलाई बाहिरी जिल्लाबाट आएका विउ बिजनले विस्थापित गर्ने भएकाले रैथानी उत्पादनलाई संरक्षण एवम प्रवद्र्धन गर्न कार्यक्रम आयोजना गरिएको हो ।

सामाजिक सेवा अध्यन केन्द्र खत्याडको आर्थिक सहयोग, खत्याड गाँउपालिकाको समन्वय, खत्याड बहुउद्देश्य सहकारी संस्थालिमिटेड र हेरेन्डेक नेपालको आयोजना मा सन्चालन गरिएको हो ।

प्रदर्शनीमा खत्याड गाँउपालिका वडा नम्बर ८,९,१०,११का कृषक समूहहरुको सहभागिता रहेको मानव अधिकार बिकास केन्द्र हेरेन्डेक मुगुका कार्यक्रम प्रबन्धक नवराज रावलले बताए ।

रैथाने बालिहरुको बिउ प्रदशनीमा स्थानिय कृषकहरु र अन्यहरुको सहभागी गरी जम्मा ३ सय भन्दा बढिको सहभागीता रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार