मुख्य समाचार
पाल्पामा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न | ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता | भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने | बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो | जुम्लामा आज सार्वजनिक बिदा | मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक |

राजमोको चुनावी घोषणापत्रः विकेन्द्रित र सन्तुलित विकास नीतिमा जोड

रासस 703+ समाचार ( )
१५ माघ २०८२, बुधवार

लुम्बिनी । राष्ट्रिय जनमोर्चाले नेपालको क्षेत्रीय सन्तुलनसहितको विकासका लागि विकेन्द्रित र सन्तुलित विकासको नीति अपनाउनुपर्नेमा जोड दिएको छ । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले आज चुनावी घोषणापत्रमा सार्वजनिक गर्दै विकासका दृष्टिकोणले पछाडी परेका जिल्ला र दुर्गमस्थानको विकासमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिएको हो ।

राजमोले देशको दीगो विकासमा भ्रष्टाचार सबैभन्दा गम्भीर समस्याका रूपमा रहेको निष्कर्ष निकालेको छ । त्यसका लागि उच्चस्तरीय शक्तिशाली आयोगको गठन गरेर सबै तहका भ्रष्टाचारको छानबिन र कारबाही गरिनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ । देशको सर्वाङ्गीण विकासको प्रमुख आधार पर्यटन क्षेत्रको ठूलो महत्व रहेकाले पर्यटन क्षेत्रको विकासको सम्भावना बोकेका जिल्ला र स्थानको अध्ययन, अनुसन्धान गरी ती क्षेत्रको गुरुयोजना बनाएर काम अघि बढाउनुपर्ने जनाएको छ । लुम्बिनी, कपिलवस्तुको तिलौराकोट ऐतिहासिक महत्वका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका प्राचीन वा बौद्ध पुरातात्विक अवशेष, भग्नावशेषलाई मिलाएर बौद्ध पुरातात्विक सहरको निर्वाण गरिनुपर्नेमा घोषणापत्रमा जोड दिइएको छ ।

त्यसैडगरी घोषणपत्रमा यातायातको विकास, पर्यावरणको संरक्षण, सहकारी, कृषि, उद्योग, जलस्रोत, विदेश नीति, राष्ट्रियता, रोजगारी, मजदुरका हकअधिकार, पुनःस्थापना, स्वास्थ्य, खेलकुद, शिक्षा सामाजिक सुरक्षा, ज्येष्ठ नागरिकको संरक्षण र अधिकारलगायतका क्षेत्रको विकासमा जोड दिनुपर्ने घोषणापत्रमा उल्लेख छ । घोषणपत्र सार्वजनिक कार्यक्रममा राजमोका अध्यक्ष चित्रबहादुर केसीले अहिले राष्ट्र, राष्ट्रियता र जनता अप्ठ्यारो अवस्थामा रहेकाले आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताले विगतका गल्ती कमजोरीबाट पाठ सिकेर सही पार्टी र उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार