मुख्य समाचार
रुपन्देहीमा तीन लाख २५ हजारका अवैध सामान बरामद | रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी | ढुङ्गेधारामा पानी भर्दै स्थानीयवासी | बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी | मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह | नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल | कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण | भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण हुँदै, सेवाग्राहीले आफैँ भर्न सक्ने | बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु | वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय |

हिमाली जिल्लामा हिमपात: सशस्त्र प्रहरीद्वारा यात्रुलाई सहजीकरण

Ujyalosandeshonline 11935+ समाचार ( )
११ कार्तिक २०८२, मङ्गलबार

काठमाडौँ । गएरातिदेखि परेको अविरल हिमपातका कारण मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरूमा जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध भई पदयात्रामा निस्किएका यात्रुहरू अलपत्र परेका छन् । यस्तो विषम परिस्थितिमा सशस्त्र प्रहरी बल नेपालले यात्रुहरूको उद्धार तथा सहजीकरणमा सक्रियता देखाएको छ ।

मुस्ताङमा सशस्त्र प्रहरीको सक्रियता : मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङ क्षेत्रमा भारी हिमपातका कारण कोराला नाका जाने बाटो अवरुद्ध भएको थियो । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङको टोलीले तत्कालै खटिएर बाटोमा जमेको बाक्लो हिउँ पन्छाएको छ । यस कार्यले त्यस क्षेत्र हुँदै पदयात्रा तथा भ्रमणमा जाने पर्यटकहरूलाई ठूलो राहत मिलेको छ ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, सशस्त्र प्रहरीले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । थप हिमपातको सम्भावनालाई मध्यनजर गर्दै सो क्षेत्रमा भ्रमणमा नजान पनि प्रहरीले आग्रह गरेको छ ।

मनाङमा पनि हिउँ पन्छाउने कार्य जारी : मनाङको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा पनि हिमपातले गर्दा यातायात अवरुद्ध भएको थियो । सशस्त्र प्रहरी बल नेपाल नं ३२ गुल्म मनाङबाट खटिएको सुरक्षा फौजले उक्त बाटोमा जमेको हिउँ हटाएर यातायात सुचारु गराएको छ । प्रहरीले यात्रुहरूलाई सावधानी अपनाउन र मौसम प्रतिकूलताका बारेमा सचेत रहन आग्रह गरेको छ ।

म्याग्दीको अन्नपूर्ण पदमार्गमा पदयात्रीलाई सहजीकरण : यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण पदमार्गमा गएका पदयात्रीहरूको सहजीकरणका लागि पनि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस नारच्याङ् म्याग्दीको टोली खटिएको छ । सहप्रवक्ता थापाले जानकारी दिनुभएअनुसार, उक्त टोली पदयात्रीहरूको सहजता र सुरक्षाका लागि अन्नपूर्ण गाउँपालिका–४ हुमखोला भन्दा माथिसम्म पुगेको छ ।

यसबाट हिमपातका कारण समस्यामा परेका पदयात्रीहरूले सुरक्षित महसुस गरेका छन् । समग्रमा, विषम मौसमी अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल नेपालले हिमाली क्षेत्रमा यात्रु तथा पर्यटकहरूको सुरक्षा र सहजीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार