मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |
मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |


प्रयाप्त समम्भावना रहे पनि पर्यटकिय दृष्टिले ओझेल छ मर्चवार

जैसमोहम्मद खान 74+ समाचार ( )
३ फाल्गुन २०८१, शनिबार

मर्चवार । मर्चवारमा पर्यटनको समभावना उच्च रहे पनि सरकारको नजरमा यसको महत्व नरहेको एक् कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

मर्चवार प्रेस क्लबले शनिबार आयोजना गरेको “पर्यटन प्रवद्र्धनमा स्थानिय सरकार र सञ्चारकर्मिको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले मर्चवारले “माल पाएर पनि चाल नपाएको” टिप्पणी गरे । मर्चवारमा मर्चवारी मन्दिर संगै कोटहीमाई मन्दिर, सम्मरीमाई, सिद्धनाथ मन्दिर, देउरवा बाबा, पिपरहवा लगायतका दर्जन बढी प्रचुर पर्यटकिय सम्भावना बोकेका स्थलहरु ओझेलमा परेको वक्ताहरुको भनाई थियो । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार रामविकास चौधरीले देउरवा बाबा बुद्ध संग सम्बन्धित स्तुपा भए पनि उत्खनन्को अभावमा यसको प्रवद्र्धन गर्न नसकेको बताए । उनले स्थानिय तहहरु मर्चवारको पर्यटन प्रवद्र्धनमा गम्भिर नभएकोले पनि यस्ता प्रचुर सम्भावना बोकेका स्थलहरु ओझेलमा रहेको बताए । 

मर्चवारमा पहुँच मार्गको अभाव, प्रर्याप्त बजेटको अभाव, उपेक्षा लगायतका कारण लुम्बिनीको नजिक रहे पनि मर्चवारका दर्जनौ पर्यटकिय स्थलहरुको विकास हुन नसकेको चौधरीले बताए । कार्यक्रमका सहभागीहरुले पनि स्थानिय तहहरु मर्चवारको पर्यटन प्रवद्र्धनमा गम्भिरतापूर्वक नलागेको जिकिर गरे । सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) ले मर्चवारका पर्यटकिय स्थलहरु सम्म बाटो पु¥याउनु पर्ने बताए । शिक्षा, स्वास्थ्य संगै पर्यटकिय भौतिक पूर्वाधारहरुको विकास गर्न सके मात्र यस्ता स्थलहरुमा पर्यटकहरुलाई आकर्षित गर्न सकिने उनको तर्क रहेको थियो । 

कार्यक्रममा बोल्दै मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले मर्चवारको पर्यटन प्रवद्र्धनमा स्थानिय तहबाट हुन सक्ने प्रयाप्त कामहरु हुन नसकेको स्विकार्दै आगामी वर्ष देखि यसलाई एउटा छुट्टै फाँट नै खडा गरि काम गरिने बताए । “ आगामी आर्थिक वर्षमै मर्चवारीमा पर्यटन फाँट खडा गरि दक्ष जनशक्ति राख्नेछु, स्थानिय पत्रकारहरुको सहयोगमा यसको प्रवद्र्धनको थालनी गर्ने सोच बनाएको छु ।” बरईले भने “अहिले सम्म प्रयाप्त काम भएको छैन, केही बजेटको अभाव र केही सरकारी अपहेलनाको कारण मर्चवारको पर्यटन विकास हुन सकेको छैन, तर अब यसको विकासमा हामी आफै लाग्नेछौं ।”

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद प्रसाद श्रीवास्तवले मर्चवारमा रहेका तीनवटै पालिकाले मिलेर यसबारे ठोस योजना बनाउन आवश्यक रहेको बताए । उनले अब कुरा गर्नुको सट्टा मर्चवारको विकासको लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताउदै यसको लागि सबै लाग्न आव्हान गरे । उनले अहिले सम्म मर्चवारमा पर्यटकिय क्षेत्रको पहिचान गर्नै नसकेको बताउदै बल्ल अब यसको सुरुवात भएको बताए । अबको दिनमा स्थानियहरु संगै प्रदेश सरकार र केन्द्रिय सरकारको सहकार्यमा यस्ता क्षेत्रहरुको प्रचार र प्रवद्र्धनमा लाग्ने उनले बताए । 

कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकिसुन त्रिपाठीले लुम्बिनीको नजिक रहे पनि लुम्बिनीबाट पाउनु पर्ने कुनै पनि फाईदा मर्चवारका पालिकाहरुले पाउन नसकेको जिकिर गरे । स्थानिहरुले लुम्बिनीमा जग्गा दान गरे पनि त्यसको फाईदा पाउन नसकेको उनको भनाई छ । लुम्बिनीसंगै जोडिएर रहेको पालिकाको पर्यटकिय स्थलहरुको विकासमा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । 

उनले अहिले कोटहीमाई गाउँपालिको “मर्चवार दर्शन” नाम दिएर मर्चवारको पर्यटकिय र सांस्कृतिक सम्पदाहरु जोडिने गरि बाटो निर्माणको तयारी थालिएको जानकारी दिए । “असहले सम्म हामीहरु मर्चवारमा धान गहु मात्र उत्पादन हुन्छ र त्यसैले समृद्धि गर्ने सोचमा थियौ ।” त्रिपाठीले भने “तर अब मर्चवारमा पर्यटनबाट पनि समृद्धि ल्याउन सकिन्छ भन्ने सोचमा पुगेका छौं र आगामी दिनमा यसैलाई आत्मसात गरेर निति तथा कार्यक्रममै ल्याउने छौं ।”

मर्चवार प्रेस क्लबका अध्यक्ष ह्ृदयराम गुप्ताको अध्यक्षता तथा सचिव अस्लम खाँनको सञ्चालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थानिय एडी खाँन, रामनयन वरुण, जगरनाथ कुर्मि, जिल्ला समन्वय समिति सदस्य राजमन हरिजन, नेपाली कांग्रेसका नेता आशुतोष मिश्र लगायतले बोलेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार