परासी । पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित टीसीएन चोकमा प्रहरीले भन्सार छली गरी ल्याउँदै गरिएका खाद्यान्न, रासायनिक मल र मिठाईसहित दुईवटा पिकअप गाडी बरामद गरेको छ। लु ३ च २८९ र लु १ च ७१८८ नम्बरका ती पिकअप तथा सामान गरी कुल रु ३१ लाख ९२ हजार १२४ बराबरको सामग्री नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिनुभयो।