मुख्य समाचार
गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना | नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सवारी दुर्घटना : एकको मृत्यु, १३ घाइते | कस्मेटिक सामानसहित ५१ लाख मूल्य बराबरको ईभी गाडी पक्राउ | बूढीगण्डकी निर्माणका लागि बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता | रुपन्देहीमा पहिलो पटक ‘एकेडेमी क्रिकेट लिग–२०८३’ हुने | स्रोत नखुलेको साढे पाँच लाख भारतीय रुपैयाँसहित भारतीय नागरिक नियन्त्रणमा | महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर |

चिसोबाट बच्नका लागि पालिकाबाट न्यानो कपडा र दाउरा वितरण

Ujyalosandeshonline 12724+ समाचार ( )
१४ माघ २०८१, सोमबार

रौतहट ।  रौतहटका अधिकांश पालिकाले चिसोबाट बच्नका लागि न्यानो कपडा र दाउरा वितरण गरिरहेको छ । केहि दिनदेखि बाक्लो हुस्सु तथा शीतलहरका कारण यहाँको  जनजिवन प्रभाबित भएको बेला पालिकाले विपन्न परिवारलाई न्यानो बनाउन सहयोग गर्दै आएको हो।

चिसोबाट पालिकावासीलाई जोगाउन न्यानो सिरक र दाउरा वितरण गरिरहेको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले बताए । चिसोबाट बढी बालबालिका , वृद्धवृद्धा , सुत्केरी र रोगि प्रभाबित हुने भएकाले  गाउँगाउँमा पुगेर सिरक र दाउरा वितरण कार्य गरिरहेको उनले जानकारी दिए । 

उनका अनुसार  अहिलेसम्म पालिकाभित्रका सबै वडामा गरी १५ सय भन्दा बढी  न्यानो कपडा वितरण गरिसकेको छ । यो अभियान अझैं बाँकी रहेकाले विपन्न परिवारको पहिचान गरि सिरक वितरण गर्दै लैजाने  नगर प्रमुख जयसवालले बताए । यसअघि चिसोबाट बच्नका लागि गरुडा र शिबनगर चोकमा दाउरा वितरण गरिएको उनले उल्लेख गरेका छन् ।

गरुडा नगरपालिकाको हालसम्म वडा नं ८ जिङ्गडिया, वडा नं ९ रघुनाथपुर, वडा नं ७ भिमडावर, र वडा नं ४ गरुडाका चिसो प्रभावित क्षेत्रहरूमा आगो ताप्नका लागि दाउरा पठाईएको उनको भनाइ छ ।चिसो बाट बच्नका लागि यहाँको चन्द्रपुर , गौर, र यमुनामाइ लगायतका पालिकाले दाउरा वितरण कार्य गर्दै आएका छन् । रौतहट सहित तराई मधेशमा केहि दिनदेखि चलेको   हुस्सुका र शीतलहरका कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार