मुख्य समाचार
नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न | बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद | गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ | नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा |

नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न

Ujyalosandeshonline 12707+ समाचार ( )
८ मंगशिर २०८३, सोमबार

​काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आज भारतको नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न भएको छ । कार्यक्रममा भारत सरकारका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसाद, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग महासङ्घका उपाध्यक्ष डा. विक्रमजित सिंह सहनी, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पालगायत दुवै देशका उच्च अधिकारी तथा उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो ।

​कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले सुशासन र आर्थिक सुधारमार्फत दिगो विकास हासिल गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रमा लगानीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै उहाँले यातायात र सूचना प्रविधिमा भारतले हासिल गरेको सफलताबाट सिकेर सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो । साथै, उहाँले भारतीय लगानीकर्ताहरूलाई नेपाली निजी क्षेत्रसँग मिलेर उत्पादन र रोजगारीमूलक उद्योगमा लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

​यस्तै, भारतीय राज्यमन्त्री प्रसादले पर्यटन, ऊर्जा, व्यापार र लगानीलगायत पारस्परिक लाभका क्षेत्रमा साझेदारी अभिवृद्धि गर्दै द्विपक्षीय आर्थिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा दुवै देशका व्यवसायीहरूले लगानीका सम्भावनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । सोही अवसरमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य र आर्थिक साझेदारी बढाउने उद्देश्यले समझदारी पत्रहरूमा समेत हस्ताक्षर भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै