मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

भ्रमण वर्षले चितवनको पर्यटन प्रवद्र्धनमा टेवा

Ujyalosandeshonline 12461+ समाचार ( )
१८ फाल्गुन २०८०, शुक्रबार

भरतपुर ।  प्रधानमन्त्री पुष्पकमल दाहालले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोसे ढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् ।

‘घुमौं भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन गर्दै उनले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले महत्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए ।

उनले विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जंगलमा सिकार यात्रा गरेको इतिहास रहेको भन्दै नेपालमा सर्वप्रथम जंगल सफारीको सुरूवात टाइगर टप्समार्फत मेघौलीनजिक चितवनबाट भएको बताए ।

विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचीमा अग्रसर महानगरपालिका भएको भनाइ उनले राखे ।  

पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको प्रचार प्रसार गरी पर्यटकको संख्या र बसाइ अवधि वृद्धि गर्ने उद्देश्यले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजित ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवर्धनमा ऐतिहासिक कदम भएको उनको भनाइ छ ।

उनले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको पनि बताए ।  

उनले भने, ‘१४ महिनामा देश र विश्व समुदायले समेत देख्नेगरि मानकहरू स्थापित भएका छन् । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन्, यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार