मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा पिजिएम भेटघाट कार्यक्रम भैरहवामा सम्पन्न

Ujyalosandeshonline 12456+ समाचार ( )
२४ फाल्गुन २०८१, शनिबार

भैरहवा । गल्फको नेपालको लागि आधिकारीक विक्रेता नेपाल ल्युब आयल लिमिटेडद्वारा आयोजित रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स भेटघाट कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ । डिलर न्यू भैरव लुब्रिकेशन, बुटवलको सहकार्यमा आयोजना उक्त मिट कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयल लिमिटेडका डिलर ईन्चार्ज सन्तोष न्यौपानेले भने,’यो भेटघाट कार्यक्रम हामीले देशभरी संचालन गर्दै आएका छौँ । यो कार्यक्रमको मुख्य उद्देश्य भनेको विभिन्न क्षेत्रमा रहेका रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंग प्रत्यक्ष भेटघाट गरी उहाँहरुको सल्लाह र सुझाव अनुरुप रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मैत्री नीति बनाउनु हो ।’

यस संगै पिजिएमहरुलाई नविनतम प्रविधिको बारेमा तालीम प्रदान गर्ने र सहकार्यको उद्देश्य सहित भेटघाट कार्यक्रमको आयोजना गरिएको बताए । उनले कार्यक्रममा १५० बढी रिटेलर तथा पिजिएमहरुको सहभागीता रहेको जानकारी दिए ।

कार्यक्रममा नेपाल ल्युब आयल लिमिटेडका क्वालिटी कन्ट्रोल ईन्जिनियर प्रवेश कर्णले  गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी दिए । उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराए ।

न्यू भैरव लुब्रिकेशनका सञ्चालक सुधन भट्टराईको अध्यक्षता नेपाल अटो मोबाईल्स डिलर एसोसिएसन (नाडा)का लुम्बिनी प्रदेश अध्यक्ष गणेश प्रसाद भट्टराई, सिद्धार्थ सार्वजनिक यातायात प्रालीका कोषाध्यक्ष सियाराम यादव, देवेन्द्रराज पौडेल, लिलाधर घिमिरे सहित नेपाल ल्युब आयल लिमिटेडका सेल्स तथा मार्केटिङ टिमको पनि उपस्थिति थियो । कार्यक्रमको सञ्चालन कृष्ण भुर्तेलले गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार