मुख्य समाचार
मनोहरामा झडपपछि आईजिपी स्वयं मैदानमा | बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो | छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका | राजस्व चुहावट नियन्त्रणका लागि व्यवसायी आफैँ सच्चिनुपर्छ: डिआइजी दीपक कुमार बस्नेत | पर्यटकको पर्खाइमा थोरङ फेदी | कास्की प्रहरीका वरिष्ठ हवल्दार ५० हजार घुससहित पक्राउ | खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी | नियम उल्लङ्घन गर्ने चालकलाई सचेत गराउँदै ट्राफिक प्रहरी | स्वास्थ्य सेवा कि मृत्युको व्यापार ? भैरहवाका १७ 'अवैध' मेडिकलमा प्रशासनको ताला ! | ‘युट्युव’ हेरेर सीप, ‘फेसबुक–टिकटक’ बाट बजारीकरण |

मतदाता गाउँ फर्किएसँगै पर्यटकको आगमन पनि बढ्दै

Ujyalosandeshonline 11086+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

मनाङ । यहाँ मतदातासँगै पर्यटकको आगमन पनि बढ्दै गएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा आज मतदानका लागि आएका मतदातासँगै पर्यटकको चहलपहल बढ्न थालेको हो ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयका संरक्षण शिक्षा सहायक भुपेन्द्र गुरुङले प्रत्येक सवारीसाधनमा मतदातासँगै पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो । “मतदाता फर्कन थालेसँगै पर्यटकको आगमन भइरहेको छ”, उहाँले भन्नुभयो, “दैनिक रूपमा ५०–६० पर्यटक आगमन भएको अभिलेख छ ।”

बिस्तारै ‘सिजन’ पनि सुरुआत भएको र यस पटक निर्वाचन पनि भएकाले मतदातासँगै पर्यटकको आगमन भइरहेको गुरुङले बताउनुभयो । “पर्यटकका लागि बसोबास गर्ने तथा होटल सरसफाइ गर्न बाँकी हुँदै पर्यटकको आगमन बढ्न थालेको छ”, संरक्षण शिक्षा सहायक गुरुङले भन्नुभयो । यहाँ मौसम अनुकूल हुँदै गएका विदेशी पर्यटकको आगमन बढ्दै गएको उहाँले बताउनुभयो । यतिबेला होटल तथा बसोबासका लागि व्यवस्थापन सहज हुने र भीडभाड कम हुने भएकाले पनि  विदेशी पर्यटकको आगमन भइरहेको गुरुङको भनाइ छ ।

जिल्लावासी मतदानका लागि आइसकेका र सुरक्षित तवरबाट निर्वाचन सम्पन्न गर्न सम्पूर्ण तयारी गरिएको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिनुभयो । उहाँले निर्वाचनको समय भएकाले सुरक्षा निकायको बढी प्राथमिकतामा निर्वाचन सम्पन्न गर्नुमा रहेकाले सचेत भएर यात्रा गर्न पर्यटकलाई सुझाव दिइएको बताउनुभयो । “पर्यटन यहाँको प्रमुख आयस्रोत भएकाले पर्यटकको र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नुपर्ने दायित्वका कारण दुबै पक्षलाई ध्यान दिएर सुरक्षाको व्यवस्था गरिएको छ”, प्रजिअ पौड्यालले भन्नुभयो । 

मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्केभञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । साथै, पर्यटकहरू अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न यहाँ पर्यटकको आकर्षण र आगमन हुने गरेको छ ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट पर्यटकले यात्राको सुरुआत गर्छन् । यस पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएका छन् । विगतमा काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा आउने पर्यटक पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा चामे, खाङ्सारसम्म पुग्ने गरेका छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु हु्ने गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार