मुख्य समाचार
लागुऔषध विरुद्ध तनहुँ प्रहरीको ‘स्विप अप्रेसन’: २७ जना पक्राउ | ओमसतिया गाउँपालिका पूर्ण खोप र शतप्रतिशत संस्थागत सुत्केरी सुनिश्चित स्थानीय तह घोषणा | तनहुँ बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, नौ जना गम्भीर घाइते | साँखुमा गोली चल्यो, तीन जना लागुऔषध कारोबारी प्रहरीको नियन्त्रणमा | वास्तविक सुकुम्वासीको व्यवस्थापन हुन्छः प्रधानमन्त्री | जुम्लाका स्थानीय तहले आइतबार पनि विद्यालय सञ्चालन गर्ने | लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर चल्ने पूर्वानुमान | राहदानी घरमै पुर्‍याउन सम्झौता | स्थानीय तहले प्यानकार्ड र करसम्बन्धी सेवा दिन सकेनन् | गौडामा सेवा केन्द्र सञ्चालन |

३६ अंकले बढ्यो नेप्से, बैंकिङ तरलताले सुधार

Ujyalosandeshonline 11066+ समाचार ( )
२३ पौष २०८०, सोमबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३६.५७ अंकले बढेको छ । आज १.८० प्रतिशतले बढेर नेप्से २०५९.४९ को विन्दुमा पुगेको छ । 

सोमबार कूल ३०९ धितोपत्रका एक करोड ३७ लाख नौ हजार २७६ कित्ता सेयर चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज २१२ कम्पनीको सेयरको मूल्य बढ्यो । २९ कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने पाँचवटा कम्पनीको सेयर मूल्य हिजोको तुलनामा स्थिर रह्यो । 

१३ मध्ये १२ उपसमूहको समूहगत सूचक बढेको छ । जीवन बिमा  उपसमूहको समूहगत सूचक ३.७२ प्रतिशतले बढ्दा आज म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक भने ०.०१ प्रतिशतले घटेको छ ।

सिंगटी हाइड्रो, मादी इनर्जी, त्रिशूली जलविद्युत् कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको ५.४६ र प्रभु स्मार्ट फन्डको सेयर मूल्य ३.७१ प्रतिशतले घटेको छ ।

कारोबारका आधारमा सोनापुर मिनरल्स, माउन्टेन इनर्जी, हाथवे इन्भेष्टमेन्ट र एनआरएन इन्फ्रस्ट्रक्चर अगाडि रहे । बैंकहरुमा तरलता बढेको छ । ऋणको माग अपेक्षाकृतरुपमा नबढेपछि बैंकहरु माघमा ब्याजदर घटाउने गृहकार्यमा छन् । यसको असर सेयर बजारमा सकारात्मक देखिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार