मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

भूमिहिन र सुकुमवासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

Ujyalosandeshonline 12455+ समाचार ( )
तस्बिरः प्रदीपराज वन्त /रासस
१९ श्रावण २०८३, मङ्गलबार

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहिन र सुकुमवासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध रहेको बताउनुभएको छ । प्रतिपक्षका तर्फबाट प्रस्तुत भएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा उहाँहरुले  विगतका सरकारले उक्त समस्यालाई दृढतापूर्वक समाधान गर्न नसकेको आरोप लगाउनुभएको थियो । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का इन्दिरा रानाले स्थानीय तहले भूमिहिन र  सुुकुमवासीलाई लालपूर्जा दिन ढिलाइ गरेको बताउनुभयो । सोही पार्टीका सांसद गणेश कार्कीले विगतका सरकारले भूमिहिन र सुकुमवासीको व्यवस्थापनमा आलटाले व्यवहार देखाएको आरोप लगाउनुभयो । 

सत्ता पक्षकै अर्का सांसद राजीव खत्रीले सुकुमवासीका नाममा हुने राजनीति अन्त्यका लागि सरकार कटिबद्ध रहने बताउनुभयो । सांसद खत्रीले सुकुमवासीलाई डुबान हुने ठाउँमा राखिनु गल्ती भएको धारणा व्यक्त गर्नुभयो । सांसद समीक्षा बाँस्कोटाले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव महत्त्वपूर्ण भएको बताउँदै २०८३ जेठ ११ गते मानवअधिकार समितिले प्रधानमन्त्री कार्यालयलाई निर्देशनात्मक सुझाव दिएको, असार २९ गते पुनःनिर्देशन जारी गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार