मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

कांग्रेसभित्र गुट फस्टाउने अवसर सभापतिले नै दिइरहनु भएको छ : डा.कोइराला

Ujyalosandeshonline 12612+ समाचार ( )
८ पौष २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले कांग्रेस पार्टीभित्र विचलन रहेकाले यसलाई सभापतिले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराई केन्द्रको १०१ औं जन्म जयन्तीको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले हाल पार्टीभित्र गुट फस्टाउने अवसर पनि हालका पार्टी सभापति शेर बहादुर देउवाबाट नै भएको बताए । 

‘यतिबेला पार्टीमा विचलन छ । यसलाई स्विकार गर्नुपर्छ । यस्तोबेल सभापतिज्यूले केही सुुन्दै नसुन्ने हो भने अप्ठयारो पर्छ । राजनीति गर्नेहरुलाई अप्ठयारो पर्छ । हामीले बुझ्न जरुरी छ । इतिहासकारहरुले पनि यो बुझ्नुपर्छ,’उनले अगाडि भने,‘यसलाई व्यवस्थापन कसले गर्ने भन्दा किशुनजी (कृष्ण प्रसाद भट्टराई )कै अनुयायी अहिलेका आदरणीय सभापतिले गर्ने हो । गुटलाई फस्टाउने अवसर उहाँले सिर्जना गरिरहनुभएको छ । यस्तोबेला परिस्थिति अफ्ठ्यारो हुँदो रहेछ ।’

डा.कोइरालाले अहिले जसरी देशको राजनीतिक परिस्थिती अगाडि बढेको छ यस्तो अवस्थामा किसुनजी, बीपी कोइराला, गणेशमान सिंह र अन्य नेताहरुले के भूमिका खेल्नुहुन्थ्यो होला भन्ने अनुमान लगाउन मन लाग्ने बताए । उनले प्रजातन्त्रका सामान्य कुराहरु नेपाली काङ्ग्रेसले नछाडिकन अगाडि बढ्न सक्नुपर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार