मुख्य समाचार
विकासका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छः मुख्यमन्त्री आचार्य | आर्थिक लाभ लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा | एकेडेमी क्रिकेट लिगः देवदह ५ विकेटले विजयी | भैरहवामा प्रवर्धन सहकारीद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न | रुपन्देही र पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख अर्याल भोलि आउनुहुने | मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, प्रधानमन्त्रीपछि अर्थमन्त्री वाग्ले | सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रोहिणी शाखाको परिचयात्मक कार्यक्रम सम्पन्न | भन्सार छली गरी कावासोतीतर्फ लगिँदै गरेका सामान र दुई पिकअप गाडी प्रहरी नियन्त्रणमा | गुरुकुल शिक्षा र छात्रावास विकासमा प्रदेश सरकारको ध्यान छः मुख्यमन्त्री आचार्य | गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना |

एकेडेमी क्रिकेट लिगः देवदह ५ विकेटले विजयी

Ujyalosandeshonline 12733+ समाचार ( )
१२ मंगशिर २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीमा जारी एकेडेमी क्रिकेट लिगमा देवदह क्रिकेट युनिट एकेडेमीले जित निकालेको छ । शुक्रबार देवदह क्रिकेट मैदानमा भएको खेलमा उसले गुरुकुल क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै जित निकालेको हो । टस जितेर ब्याटिङमा आएको गुरुकुलले निर्धारित ३० ओभरमा २८ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५२ रन बनायो । उसका लागि केशव भट्टराईले अविजित ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, अक्सत श्रेष्ठले २४ रन बनाए । बलिङमा देवदहका विपिन खनालले ३, रोहन कुँवर, प्रिन्स शर्मा र परिस्कृत न्यौपानेले समान २–२ तथा अनिश कार्कीले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको देवदहले २७ ओभर ५ बल खेल्दै ५ विकेट गुमाएर १ सय ५४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रोहन कुँवरले नटआउट ५३, रिजन पाण्डेले ३५, रोजन पाण्डेले २९ र आयुश पाण्डेले ११ रनको योगदान दिए । बलिङमा गुरुकुलका कृष्ण बरईले २ तथा प्रितम कार्की, कृतज्ञ पन्त र केशव भट्टराईले १–१ विकेट लिए । खेलमा देवदहका रोहन कुँवर प्लेयर अफ द म्याच भए । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता भैरहवास्थित सिद्धार्थ रंगशाला र देवदहमा संचालन हुनेछ । जिल्लाका ८ वटा एकेडेमी सहभागी प्रतियोगिता मंसिर १७ गतेसम्म चल्ने छ । ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले पहिलोपटक एकेडेमी लिग आयोजना गरेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार