मुख्य समाचार
विकासका लागि राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छः मुख्यमन्त्री आचार्य | आर्थिक लाभ लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा | एकेडेमी क्रिकेट लिगः देवदह ५ विकेटले विजयी | भैरहवामा प्रवर्धन सहकारीद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न | रुपन्देही र पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख अर्याल भोलि आउनुहुने | मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, प्रधानमन्त्रीपछि अर्थमन्त्री वाग्ले | सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रोहिणी शाखाको परिचयात्मक कार्यक्रम सम्पन्न | भन्सार छली गरी कावासोतीतर्फ लगिँदै गरेका सामान र दुई पिकअप गाडी प्रहरी नियन्त्रणमा | गुरुकुल शिक्षा र छात्रावास विकासमा प्रदेश सरकारको ध्यान छः मुख्यमन्त्री आचार्य | गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना |

आर्थिक लाभ लिएको भिडियो सार्वजनिक भएपछि दुई ट्राफिक प्रहरी निलम्बनमा

Ujyalosandeshonline 12733+ समाचार ( )
१२ मंगशिर २०८३, शुक्रबार

बुटवल । सेवाग्राहीसँग आचरण विपरीत आर्थिक लाभ लिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत अस्थायी ट्राफिक प्रहरी पोस्ट धनोलीमा कार्यरत प्रहरी जवान श्रीराम थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगञ्ज, बाँकेमा कार्यरत प्रहरी जवान टोप बहादुर खड्का निलम्बनमा परेका हुन् ।

उनीहरूले मङ्सिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेको अवस्थामा सेवाग्राहीसँग आचरण विपरीत आर्थिक लाभ लिएको देखिने भिडियो मङ्सिर १० गते फेसबुक लगायतका सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भई गम्भीर ध्यानाकर्षण भएपछि भिडियोमा संलग्न दुवै जना प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम मङ्सिर ११ गतेदेखि लागू हुने गरी निलम्बन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवल रुपन्देहीले जनाएको छ । कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमार्फत घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जानकारी दिनुभएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार