भैरहवा । प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्याल शुक्रबार रुपन्देही आउनुहुने भएको छ । दिउँसो ३ बजे रुपन्देही आइपुग्ने कार्यक्रम तय भएका सभामुख अर्यालले भोलि नै बुटवलस्थित लायन्स आँखा अस्पतालको अवलोकन गर्नुहुनेछ ।
त्यसैगरी, सभामुख अर्याल शनिबार पाल्पामा आयोजना हुने दोस्रो लायन्स क्याबिनेट बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ । रुपन्देही र पाल्पा बसाइका क्रममा उहाँले जिल्ला सुरक्षा समितिसँग ब्रिफिङ लिनुका साथै नागरिक समाजका विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रमसमेत तय भएको छ ।