मुख्य समाचार
भैरहवामा प्रवर्धन सहकारीद्वारा निःशुल्क आँखा जाँच शिविर सम्पन्न | रुपन्देही र पाल्पाका विभिन्न कार्यक्रममा सहभागी हुन सभामुख अर्याल भोलि आउनुहुने | मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, प्रधानमन्त्रीपछि अर्थमन्त्री वाग्ले | सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रोहिणी शाखाको परिचयात्मक कार्यक्रम सम्पन्न | भन्सार छली गरी कावासोतीतर्फ लगिँदै गरेका सामान र दुई पिकअप गाडी प्रहरी नियन्त्रणमा | गुरुकुल शिक्षा र छात्रावास विकासमा प्रदेश सरकारको ध्यान छः मुख्यमन्त्री आचार्य | गौशालासँगै भगवान् श्रीकृष्णको जीवनचक्र र डन्डा कोरिडोर : पर्यटक अड्याउने नगरप्रमुख खाँको यस्तो छ योजना | नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सवारी दुर्घटना : एकको मृत्यु, १३ घाइते | कस्मेटिक सामानसहित ५१ लाख मूल्य बराबरको ईभी गाडी पक्राउ | बूढीगण्डकी निर्माणका लागि बजेट अभाव हुन नदिने सरकारको प्रतिबद्धता |

मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर, प्रधानमन्त्रीपछि अर्थमन्त्री वाग्ले

Ujyalosandeshonline 12730+ समाचार ( )
११ मंगशिर २०८३, बिहीबार

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ ।राष्ट्रपति कार्यालयका प्रवक्ता श्याम प्रसाद भण्डारीले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम २०८२ चैत १३ गते गठित मन्त्रीपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको हो ।नयाँ मर्यादाक्रम अनुसार प्रधानमन्त्री वालेन्द्र शाहपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहनुभएको छ । त्यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, परराष्ट्र मन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ हुनुहुन्छ ।

यसैगरी, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता रहनुभएको छ । त्यसपश्चात् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौत्ररी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साह र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव हुनुहुन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार