मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

संसदीय समिति गठनबारे देउवाले बोलाए बिपक्षी दलको बैठक

Ujyalosandeshonline 12321+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनबारे सत्तापक्षका दलहरूसँगको बार्ता सकारात्मक भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिपक्षी दलहरूको बैठक बोलाएका छन् ।

सो प्रकरणमा संसद्मा विरोधका क्रममा साथ दिएका दलहरुसँग परामर्श गरेर मात्रै निर्णय लिने गरी सभापति देउवाले बैठक बोलाएका हुन् । बैठक अहिले बिहान १० बजे संसद् भवनमा देउवाको कार्यकक्षमा हुने देउवाको सचिवालयले जनाएको छ । 

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र राष्ट्रिय जनमोर्चाका नेताहरूलाई बोलाइएको छ । संसद्को बजेट अधिवेशन प्रारम्भ भएदेखि नै निरन्तर संसद् अवरोध गर्दै आएको कांग्रेसले मंगलबार सरकारले बजेट पेश गर्ने कार्यक्रम रहेकोमा सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा सहमतिका लागि छलफल गरिरहेको छ । 

बजेट पेश गर्ने कार्यसूचीसहित संघीय संसद्का दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यसूची छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार