मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

ज्योति समूह औपचारिक रुपमा अलग

Ujyalosandeshonline 12320+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं । कम्पनि माथिको नेतृत्व विवाद र सम्पति बाँडफाडले एक सय ४ वर्ष पुरानो ज्योति ग्रुप आईतबारबाट औपचारिक रुपमा अलग भएको छ । भाइ रुप ज्योति सँगको विवाद पछि पद्म ज्योतिले अलग्गै समूह सुरु गरेका छन् ।

उनले आफ्नै नाममा आइतबार पद्मज्योति समूह घोषणा गरेका छन् । समूहको लोगो पनि सार्वननिक गरिएको छ । पद्मज्योति अध्यक्ष रहेको समूहमा मीरा ज्योति संस्थापक सदस्य, सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति निर्देशक छन् । यस अघि ज्योति समूहका प्रमुख सदस्यहरूमा पद्म ज्योति र रूप ज्योति रहेका थिए ।

समूहका अध्यक्ष पद्म ज्योतिले ज्योति परिवारको नयाँ पुस्ताको नेतृत्वमा संचालन हुने पद्यम ज्योति गु्रप रोजगारी सिजर्ना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैव प्रतिबद्ध रहने बताएका छन् । उनले भने, ‘ज्योति परिवारका नयाँ पुस्ताको नेतृत्वमा यो पद्यम जयोति ग्रुप सकारात्मक परिवर्तन हासिल गर्दै स्थानीय उद्यमशीलतालाई बढवा दिन रोजगारी सिजर्ना गरी नेपालको भविष्यलाई समृद्ध बनाउन सदैव प्रतिबद्ध रहने छ ।’ ‘यो परिवर्तन केवल नामका मात्रै नभई विकास, उतकृष्टता र समुदाय सशक्तीकरणमा हाम्रो प्रतिबद्धता छ’, उनले थपे । 

अध्यक्ष ज्योतिले पारिवारिक कलह बढेका कारण अलग समूह बनाउनका लागि ५ वर्ष अगाडि नै विधान तयार गरेको पनि खुलाएका छन् । उनले भने, ‘हाम्रो पद्यम ज्योति परिवारमा हामीले पाँचवर्ष अगाडी नै पारिवारिक विधान बनाएका थियौं । जसले हामीलाई उचित मार्गदर्शन दिन महत्वपुर्ण भुमिका खेल्छ ।’

समूह अन्तर्गत सञ्चालनमा रहेका उद्योग र कम्पनीको नाम पनि घोषणा गरिएको छ । यो समूहको नाममा हिमाल स्टिल, भाजुरत्न इन्जिनियरिङ एन्ड सेल्स, हिमाल सिमेन्ट, हिमाल अक्सिजन, हिमाल वायर्स, ज्योति स्पिनिङ मिल्स, भाजुरत्न फार्मास्युटिकल्स र होन्डा मोटर साइकलछन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार