मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

नेपालगन्ज घटना अनुसन्धान गर्न टोली गठन

Ujyalosandeshonline 12463+ समाचार ( )
१९ चैत्र २०८२, बिहीबार

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुरमा शरीरमा आगो लागेर मृत्यु भएकी २२ वर्षीया सिर्जना बुढामगरको घटनाबारे छानबिन गर्न प्रहरीले अनुसन्धान टोली गठन गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान टोली गठन भएको हो । अनुसन्धानलाई वस्तुनिष्ठ र निष्पक्ष बनाउन टोलीले सघाउ पु¥याउने प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो टोलीले प्रमाण र तथ्य सङ्कलन गरेर १० दिनसम्मको अवधिमा प्रतिवेदन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीलाई बुभाmउने छ । “एउटा अनुसन्धान अधिकृतले मात्रै नभ्याउने अवस्था हुन सक्छ त्यसैले समूह नै काम गर्दा परिणाममुखी अनुसन्धान हुन सक्छ,” प्रहरी नायब उपरीक्षक पातलीले भन्नुभयो । सो अनुसन्धान टोलीमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षकलगायत हुनुहुन्छ । 

प्रहरीले शनिबार राति नेपालगन्ज नर्सिङ होमपछाडि जलेको अवस्थामा बुढामगरलाई सडकमा फेला पारेको थियो । जलेर गम्भीर घाइते उनलाई उपचारका लागि भेरी अस्पताल लगेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको थियो । सिर्जना लामो समयदेखि मोहम्मद आरिफ ढपालीसँग ‘लिभिङ टुगेदर’मा बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ढपालीसहित उनकी आमा र दिदीलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ । ढपालीलाई भारतको बहराइच र अन्यलाई नेपालगन्जबाट पक्राउ गरिएको हो । यस घटनामा पीडित पक्षले दिएको किटानी जाहेरीमा उल्लेख भएका पाँचमध्ये अन्य दुई जना फरार रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै