मुख्य समाचार
ध्वजा ध्वजा भएर सुक्न थाले धानखेती | स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य | भुटानी गृहमन्त्री छिरिङ र पर्यटनमन्त्री पौडेललाई स्वागत | पर्यटन प्रवर्द्धनका लागि दक्ष पथप्रदर्शक उत्पादन गर्नुपर्नेमा जोड | लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास | काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि | चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन | वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड | अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना | नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल |

स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11645+ समाचार ( )
१३ असार २०८३, शनिबार

प्युठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ले स्थानीय उत्पादनको बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बन्न सक्ने बताउनुभएको छ । सरुमारानी गाउँपालिका वडा नम्बर २ बगालेमा स्थापना गरिएको हाट बजारको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई मात्रै प्राथमिकता दिनुपर्ने बताउनुभएकाे हाे । उहाँले भारतबाट आयात गरिएका तरकारी तथा अन्य कृषि उपज बिक्रीका लागि नराखी स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, मह, घ्यू तथा अन्य कृषि उपज बिक्री गर्नुपर्नेमा जोड दिनुभयो ।

यो हाट बजार स्थानीय उत्पादनको बजार बन्नुपर्छ´उहाँले भन्नुभयाे- यसबाट किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने र स्थानीय अर्थतन्त्र पनि बलियो बन्छ । मुख्यमन्त्री आचार्यले बगालेमा स्थापना गरिएको हाट बजार दाङ, अर्घाखाँची, रोल्पा र गुल्मीसम्मका उपभोक्ताले सहज रूपमा किनमेल गर्न सक्ने उपयुक्त स्थानमा रहेको उल्लेख गर्नुभयो । प्रदेश सरकारले कृषि क्षेत्रको यान्त्रिकीकरण, व्यवसायीकरण तथा अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उहाँले किसानलाई व्यावसायिक र अर्गानिक खेतीतर्फ आकर्षित हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले स्थानीय कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्दै त्यसलाई उद्यमसँग जोड्न गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा कोसेली घर, संकलन केन्द्र र हाट बजारको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सामाजिक उद्यमी सहकारी संस्थालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य तुलसीराम शर्मा ले यस क्षेत्रको कृषि विकासका लागि सिँचाइ सबैभन्दा ठूलो चुनौती रहेको बताउँदै राप्ती नदीको पानी लिफ्ट इरिगेसनमार्फत ल्याउन सके यस क्षेत्रको कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने धारणा राख्नुभयो । 

उहाँले सिँचाइ पूर्वाधार विस्तारमा प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । हेफर इन्टरनेशनल नेपालका बरिस्ठ कार्यक्रम प्रबन्धक प्रकाश केसी ले किसानलाई आत्मनिर्भर बनाउने, उत्पादनको बजारीकरण गर्ने र आयआर्जन वृद्धि गर्ने उद्देश्यले हाट बजार स्थापना गरिएको बताउनुभयो । त्यसैगरी संविधान सभा सदस्य धनबहादुर रायमाझी ले किसानले आफ्ना उत्पादनको मूल्य आफैं निर्धारण गर्न सक्ने वातावरण सिर्जना हुनु सकारात्मक भएको उल्लेख गर्नुभयो ।

हाट बजार प्रत्येक शनिबार सञ्चालन हुने व्यवस्था गरिएको छ । यसबाट स्थानीय किसानले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्‍याउने अवसर पाउने र कृषि उत्पादनको बजारीकरणसँगै ग्रामीण अर्थतन्त्रलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ । पालिकाका उपाध्यक्ष वसन्ता खड्काकाे स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमकाे सहजिकरण वेदराज पाण्डेले गर्नुभएको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार