प्रधानमन्त्री कप क्रिकेट - कीर्तिपुर, मुलपानी र सिद्धार्थ रंगशालामा १–१ खेल हुँदै

Ujyalosandeshonline 11880+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुने भएका छन् । कीर्तिपुर, मुलपानी र सिद्धार्थ रंगशालामा मंगलबार १–१ खेल हुँदैछन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । खेल बिहान ९- १५ बजे सुरु हुनेछ ।

अर्को खेल काठमाडौँको मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ - १५ बजेबाट हुँदैछ भने रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच विहान ९ बजेबाट खेल हुँदैछ ।

अहिलेसम्मको नतिजामा एपीएफ क्लब अंक तालिकाको शीर्ष स्थानमा छ । एपीएफले आफ्ना दुवै खेल जितेर चार अंक जोडेको हो । त्यस्तै, त्रिभुवन आर्मी क्लब दोश्रो, सुदूरपश्चिम प्रदेश तेश्रो, नेपाल पुलिस क्लब चौँथो, कर्णाली प्रदेश पाँचौँ, मधेश प्रदेश छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा छन् ।

दुई–दुई वटा खेल खेलेका गण्डकी, बागमती र कोशी प्रदेश हालसम्म निरन्तर पराजित छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार