मुख्य समाचार
पाल्पामा सडक दुर्घटना उद्धार सम्बन्धी कृत्रिम अभ्यास सम्पन्न | ढिकी–जाँतोे विस्थापित हुँदा मौलिकता हराउने चिन्ता | भैरहवामा ‘भैरहवा दशैं महोत्सव–२०८३’ आयोजना हुने | बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो | जुम्लामा आज सार्वजनिक बिदा | मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ | कांग्रेसमा गुट सकियो, अब कुनै समूह छैनः सभापति थापा | भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई | हुम्लामा हिमपातले जनजीवन प्रभावित | कांग्रेस १५औँ महाधिवेशनः विभिन्न पदका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक |

नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेताहरु जनमत पार्टीमा प्रवेश

Ujyalosandeshonline 12473+ समाचार ( )
८ भाद्र २०८२, आइतबार

रुपन्देही । नागरिक उन्मुक्ति पार्टीले रुपन्देहीमा ठूलो धक्का व्यहोरेको छ । पार्टीका पूर्व जिल्ला अध्यक्ष तथा गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका धनिराम चौधरीसहित सयौं नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सियारी गाउँपालिकाको हनैयामा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नवप्रवेशीहरुलाई स्वागत गरेका हुन् । जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले दिएको जानकारी अनुसार, पार्टी परित्याग गर्नेहरुमा चौधरीसँगै थारु कल्याणकारी एवं थारुहट संघर्ष समितिका प्रदेश सचिव कमल नारायण चौधरी, नागरिक उन्मुक्तिकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव र केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी रहेका छन् ।

यसैगरी, खेम बहादुर चौधरी, रुद्र नरायन चौधरी, र बैजन्ती चौधरी लगायतका नेताहरु पनि जनमत पार्टीमा प्रवेश गरेका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा श्री धनिराम चौधरीले करीब १४,००० मत प्राप्त गर्नुभएको थियो। यो पार्टी प्रवेशले रुपन्देही जिल्लामा नागरिक उन्मुक्ति पार्टीको संगठनमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष राउतले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिने र उनीहरुको राजनीतिक भविष्यको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मधेश र थारुवानको मुद्दामा जनमत पार्टी सधैं अग्रपङ्क्तिमा रहने बताउँदै सबैलाई एकताबद्ध हुन आह्वान गरे।

जनमत पार्टीका केन्द्रीय सचिव यादवका अनुसार, पार्टीको आन्तरिक नीति र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेताहरुले पार्टी परित्याग गरेका हुन्। यद्यपि, नागरिक उन्मुक्ति पार्टीको आधिकारिक नेतृत्वबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन। पछिल्लो समय मधेश केन्द्रित दलहरुबीच एकीकरण र सहकार्यको चर्चा चलिरहेको बेला यो पार्टी प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार