मुख्य समाचार
हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री | नवलपरासीमा ८० लाखभन्दा बढीका मोबाइलका सामान बरामद | नेपालबाट फर्सीको बीउ तस्करी, दुई भारतीय पक्राउ | संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएकोः लुम्बिनीका मुख्यमन्त्री आचार्य | संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड |

गोनहिया टोल सुुधार समितिको दोश्रो वार्षिक साधारण सभा सम्पन्न

Ujyalosandeshonline 12348+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ मा रहेको गोनहिया टोल सुुधार समितिको दोश्रो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । गोनहिया स्थित श्री विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालयलमा सम्पन्न साधारणमा बोल्ने वक्ताहरुले टोल सुधार समितिहरुले स्थानिय तह र समुदायका बिच पुलको काम गरेको बताए । 

कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ९ का वडा अध्यक्ष शेषकान्त भण्डारीले स्थानिय तहबाट प्रवाह हुने सेवा सुविधाहरुलाई टोल सुधार समितिहरु मार्फत प्रभावकारी ढंगले प्रदान गर्न सकिएको बताए । उहाँले टोल सुधार समितिहरु नगरको कार्यक्रमहरुमा टोलसुधार समितिले प्राथमिकता पाउने गरि काम गरिरहेको बताए । 

गोनहिया टोल सुधार समितिका अध्यक्ष बुद्धि सागर तेलीले टोल सुधार गठन भए पछि गोनहियाको सरसफाई लगायत बिभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गर्दै आएको बताए । उनले वडा र नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा तथा सूचनाहरुलाइ घर घर सम्म पु¥याउन सहज भएको बताए । टोल सुधार समितिहरुमा आर्थिक अभाव रहेको हुदा भने अनुसारको काम गर्न नपाए पनि बिभिन्न समस्याहरुबारे सहजीकरणको पहलको प्रयास गरिरहेको उनले बताए । 

साधारण सभामा समितिका कोषाध्यक्ष मोती बहादुर थापा मगरले आय व्यय विवरण पेश गरेका थिए । 

समितिका सचिव राधेश्याम विश्वकर्माको सञ्चालन तथा तारा पुन गाहाको स्वागतमा सम्पन्न कार्यक्रममा गोनहिया टोल सुरक्षा समितिका अध्यक्ष राजेश धवल, तिनकुने टोल सुधार समितिका अध्यक्ष तुलसी पराजुली, कठौतिया टोल सुधार समितिका अध्यक्ष चन्द्रो कहार, गोलिगढ टोल सुधार समितिका कार्यवाहक अध्यक्ष अनवर खाँन, श्री विन्ध्यावासिनी मिसुजु आधारभूत विद्यालयका प्रधान अध्यापक चर्तुभुज रेग्मी, वडा सचिव अब्दुल रसिद पठान, वडा सदस्यहरु बसुन्धरा शर्मा, बसन्त भट्टराई, युवराज बराल लगायतले बोलेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार