मुख्य समाचार
पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ |

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक, यि हुन चार निर्णय

Ujyalosandeshonline 12453+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

दाङ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न चार वटा निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले समपूरक तथा विशेष अनुदानका आयोजनाहरू स्वीकृत गरी राष्ट्रिय योजना आयोगमा पठाउने, प्रदेश सचिवहरुको जिम्मेवारी तोक्ने, प्रदेश खानेपानी, सरसफाई तथा स्वच्छता सेवा विधेयकको अवधारणापत्र माथि सैद्धान्तिक सहमति प्रदान गर्ने, तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णयहरू गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो । 

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार कविन्द्र नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बलराम ढकाललाई युवा तथा खेलकुद मन्त्रालय, लोक बहादुर सुनारलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय,नारद गौतमलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा र दुर्गा लक्ष्मी श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार