मुख्य समाचार
सिमकोट आइपुगेका मानसरोवर कैलाश तीर्थयात्रा हिँडेको तीर्थयात्री | हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो | झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य | परीक्षणसम्बन्धी नयाँ नियमले चिया निर्यात ठप्प | प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन |

एमालेको महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

Ujyalosandeshonline 11308+ समाचार ( )
२८ मंगशिर २०८२, आइतबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले नयाँ निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले आज साँझ सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज बेलुका ७ः०० बजे मतदाता नामावली प्रकाशन गर्नेे छ ।

त्यस्तै, सोमबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध र सुधारको सूचना प्रकाशन गर्ने, १०ः०० बजे दाबी विरोधउपचार छानबिन र निर्णय गर्ने, १०ः१५ बजे अन्तिम नामावली प्रकाशन गर्ने, ९ः०० बजेदेखि १२ः०० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम वितरण गर्ने कार्यतालिका रहेको छ ।

त्यस्तै, बिहान १०ः३० बजेदेखि १ः३० बजेसम्म उम्मेदवारको दर्खास्त फाराम दर्ता गर्ने, दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने, दिउँसो २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारको विरोधमा उजुुरी दिने कार्यतालिका रहेको आयोगका अध्यक्ष डा सुब्बाले जानकारी दिनुभयो ।

सोमबार दिउँसो ३ः१० बजे उजुरीउपर छानबिन र निर्णय गर्ने, दिउँसो ३ः१० बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ता गर्ने र बेलुका ६ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन कार्यतालिका अनुसार आगामी पुस १ गते ११ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान गर्ने रहेको छ ।

मतदानपश्चात् मतगणना हुनेछ भने निर्वाचन समितिले तोकेअनुसार निर्वाचन परिणाम घोषणा हुनेछ । यसपछि प्रमाणपत्र वितरण र शपथ ग्रहण हुने तय गरिएको छ ।एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको थियो भने आजबिहानदेखि नै बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार