सर्लाही । सरकारी कागजात किर्ते गरेको आरोपमा बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन् । सर्लाही जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि ५५ वर्षीय अध्यक्ष रायलाई प्रहरीले सर्लाहीको बसबरिया गाउँपालिका–१ स्थित उनकै घरबाट पक्राउ गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्न २०८० असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी नीति तथा कार्यक्रम पारित गरिएको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध सरकारी कागज किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको છે।