कपिलवस्तु । इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तुमा कार्यरत प्रहरी सहायक हवल्दार भक्तबहादुर राना ‘बेस्ट पुलिस अफ द मन्थ’बाट घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिट इन्चार्जहरूको उपस्थितिमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले समसामयिक विषयमा निर्देशन तथा सम्बोधन गर्दै उत्कृष्ट कार्य गर्ने रानालाई उक्त सम्मान प्रदान गरेका हुन् । साथै, सोही अवसरमा अन्य उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृत तथा आधारभूत तहका प्रहरी कर्मचारीहरूलाई पनि प्रशंसापत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।
इलाका प्रहरी कार्यालय कृष्णनगरका हवल्दार राना ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित
३ मंगशिर २०८३, बुधवार