मुख्य समाचार
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त |

धनुषामा फस्टाउँदै अवैध देह व्यापार : लज सञ्चालकसहित तीन जोडी पक्राउ

Ujyalosandeshonline 12457+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

जनकपुर । विगत केही महिनादेखि धनुषाका विभिन्न क्षेत्रमा देह व्यापार फस्टाउँदै गएको पाइएको छ । खासगरी धनुषाको ढल्केवर र आसपासका क्षेत्रहरुमा अवैद्य देह व्यापार हुने लज, डान्सबारहरु सञ्चालनमा आइरहेको छ । 

स्थानीयहरुले यस सम्बन्धमा धनुषा प्रहरीलाई जानकारी गराएपछि ती अवैध लज र डान्सबारहरुमा प्रहरीले छापा मार्न थालेका छन् । सोही क्रममा धनुषाको गणेशमानचारनाथ नगरपालिकामा अवैध देह व्यापारमा संलग्न आरोपमा सात जनालाई प्रहरी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको संयुक्त टोलीले  सोमबार साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ७ स्थित दुईवटा होटलमा छापा मारेको छ । प्रहरीले मानव होटल र गोदावरी होटल मा छापा मार्दा मानव होटलबाट ३ जना महिला, तीन जना पुरुष सहित सञ्चालक राजेन्द्र महतोलाई पक्राउ गर्न सफल भएको धनुषा प्रहरीले जानकारी दिएको छ  ।

यस्तै, गोदावरी होटलबाट १ जना महिला र १ जना पुरुषलाई पक्राउ गरेको छ । उक्त होटलका सञ्चालक विजय राउत भने फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ढल्केबरमा रखिएको छ भने फरार होटल सञ्चालक राउतको खोजी जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।

यस अघि ढल्केवर र महोत्तरीको वर्दिवासका विभिन्न स्पा एण्ड मसाज सेन्टर तथा डान्सबारमा प्रहरीले छापा मारेका थिए । ढल्केवरको डान्सबारमा भारतीय पर्यटक र युवाहरुको दिनहु घुँईचो लाग्न थालेपछि होहोल्ला र झैझगडा हुने गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार