मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

रासस 719+ समाचार ( )
२७ जेठ २०८३, बुधवार

वालिङ (स्याङ्जा) । स्याङ्जाको चापाकोट–४ पुम्दीमा आज साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका–५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।

साँझ ६ः०० बजे टिपर दुर्घटना हुँदा घाइते भएका परियारलाई उपचारकालागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही टिपरमा रहेका म्याग्दीकै मालिका–५ का १८ वर्षीय करन परियार घाइते हुनुभएको छ । उहाँको हात र खुट्टामा सामान्य चोट लागेको छ । उहाँको गह्रौँ प्राथमिक अस्पतालमै उपचार भइरहेको छ ।

चापाकोट–४ मल्याङकोटबाट सोही वडाको घुर्लीचौर जाने सडक निर्माणलागि बालुवा बोकेर जाँदै थियो । ग१क ४४४६ नम्बरको टिपर उकालो बाटो चिप्लो भई सडकबाट झण्डै १०० मिटर तल खसेको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो । घटनास्थलबाट टिपर चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक अवस्थीले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार