मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

रुपन्देहीमा ओछ्यानमै दिसा गरेको निहुँमा बिरामी दाजुको कुटपिट गरी हत्या, ३ जना पक्राउ

Ujyalosandeshonline 12321+ समाचार ( )
१३ पौष २०८२, आइतबार

भैरहवा । रुपन्देहीको मायादेवी गाउँपालिकामा बिरामी अवस्थामा ओछ्यानमै दिसा गरेको निहुँमा आफ्नै भाइ र बहिनीसहित तीन जना मिलेर कुटपिट गर्दा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको सराबस्ती थाना भिगां–९ घर भई हाल रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं. ६ दुर्गोलिया स्थित साहु ईट्टा भट्टामा काम गर्ने २० वर्षीय छोटुराम हरिजन रहेका छन् ।

प्रहरीका अनुसार, गत पुस ८ गते साँझ छोटुराम बिरामी भएको अवस्थामा सुत्ने बिस्तरा तथा पाईन्टमा नै दिसा गरेको कारण विवाद भएको थियो। सोही विषयलाई लिएर निजका भाइ शिव शंकर, बहिनी पतर्की भन्ने शायजहा र अर्का व्यक्ति सिराज कसगरले कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका छोटुरामलाई उपचारका लागि भीम अस्पताल भैरहवा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका १८ वर्षीय भाइ शिव शंकर, २० वर्षीया बहिनी शायजहा र सोही स्थानमा बस्ने ३५ वर्षीय सिराज कसगरलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिए । रुपन्देही प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) प्रदिप बहादुर क्षेत्रीले अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि प्रहरीले निगरानी बढाएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार