मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

अर्घाखाँचीमा को मार्ला बाजी ? सर्वसाधारणको उच्च चासोबीच मतगणना सुरु

अनिल नेपाली 141+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

सन्धिखर्क । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गतको मतगणना सुरु भएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ स्थित वाङ्लाबाट मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सन्धिखर्कको मतगणनापछि क्रमशः जिल्लाका अन्य स्थानीय तहहरूको मतगणना अगाडि बढाइनेछ। जसअन्तर्गत शितगंगा, भुमिकास्थान, मालारानी, छत्रदेव र अन्तमा पाणिनी गाउँपालिकाको मत गनिने कार्यतालिका तय गरिएको छ। यस निर्वाचनमा जिल्लाभर कुल ५०.४९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन्। 

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल १५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्। जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् भने ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। चुनावी मैदानमा मुख्य रूपमा नेकपा एमालेका तर्फबाट पिताम्बर भुसाल, नेपाली काँग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान), राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल र नेपाल कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहान लगायतका उम्मेदवारहरू रहेका छन्। मतगणना सुरु भएसँगै अबको नतिजा कसको पक्षमा जाला भन्ने विषयलाई सर्वसाधारणले निकै चासोका साथ हेरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार