मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

अर्घाखाँचीमा को मार्ला बाजी ? सर्वसाधारणको उच्च चासोबीच मतगणना सुरु

अनिल नेपाली 141+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

सन्धिखर्क । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गतको मतगणना सुरु भएको छ। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ४ स्थित वाङ्लाबाट मत गन्न थालिएको हो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सन्धिखर्कको मतगणनापछि क्रमशः जिल्लाका अन्य स्थानीय तहहरूको मतगणना अगाडि बढाइनेछ। जसअन्तर्गत शितगंगा, भुमिकास्थान, मालारानी, छत्रदेव र अन्तमा पाणिनी गाउँपालिकाको मत गनिने कार्यतालिका तय गरिएको छ। यस निर्वाचनमा जिल्लाभर कुल ५०.४९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिएका छन्। 

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल १५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्। जसमध्ये १२ जना विभिन्न राजनीतिक दलका उम्मेदवार हुन् भने ३ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन्। चुनावी मैदानमा मुख्य रूपमा नेकपा एमालेका तर्फबाट पिताम्बर भुसाल, नेपाली काँग्रेसबाट विष्णुप्रसाद खनाल (मुस्कान), राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरिप्रसाद भुसाल र नेपाल कम्युनिस्ट पार्टीबाट रामबहादुर चौहान लगायतका उम्मेदवारहरू रहेका छन्। मतगणना सुरु भएसँगै अबको नतिजा कसको पक्षमा जाला भन्ने विषयलाई सर्वसाधारणले निकै चासोका साथ हेरिरहेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार