मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन नहुँदा जनता चिन्तित छन् : ज्ञवाली

Ujyalosandeshonline 12490+ समाचार ( )
२४ मंगशिर २०८१, सोमबार

काठमाडौं । नेकपा एमालेको उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा व्यवस्था परिवर्तन भएतापनि अवस्था भने परिवर्तन हुन नसकेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित रामप्रसाद राई स्मृति प्रतिष्ठान केन्द्रिय समितिद्धारा ७४ औं मुक्ति दिवसको अवसरमा आयोजित विचार गोष्ठि कार्यक्रममा उनले क्रान्तिमा सहभागी भएका जनताहरुको अपेक्षा अनुसार परिवर्तन गर्न चुकेको भन्दै जनतालाई साँचो अर्थमा परिवर्तन ल्याएको अनुभुति हुनेगरी कार्यशैली र क्षमतालाई अगाडि बढाउन जरुरी रहेको बताए । 

उनले भने,‘ क्रान्तिको अर्थ व्यवस्था परिवर्तन मात्रै होइन क्रान्तिले व्यवस्था पनि परिवर्तन गर्छ र अवस्था पनि परिवर्तन गर्छ । अहिले ठूला परिवर्तनपश्चात पनि नेपालमा एक खालको गुनासो छ । व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने गुनासो छ । खोजेजस्तो जीवनमा परिवर्तन आउँन सकेन । त्यो केही हदसम्म सत्य हो जस्तो लाग्छ । क्रान्तिमा सहभागी भएका जनताहरुको जे अपेक्षा थिए ति कुराहरु कतै न कतै चुकिरहेको जस्तो लाग्छ । जनतालाई साँचो अर्थमा परिवर्तन ल्याएको अनुभुति हुनेगरी हाम्रो कार्यशैली र क्षमतालाई अगाडि बढाउन जरुरी छ ।’ 

उनले विकास निर्माणसँग जोड्ने कुरा होस् या बाह्य सम्बन्ध निर्माण गर्ने कुरा ,सबैमा नेपाली जनताको इच्छा र निर्णय नै अन्तिम हुने व्यवस्थामा राज्य अहिले पनि कुण्ठित भएको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार