मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

बर्दिया राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यटकीय हब : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11540+ समाचार ( )
१८ भाद्र २०८१, मङ्गलबार

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दिया जिल्ला पर्यटनको दृष्टिकोणले राष्ट्रिय–अन्तर्राष्ट्रिय हब बनेको बताएका छन् । उनले बर्दिया राष्ट्रिय निकुञ्जले संरक्षणको क्षेत्रमा महत्वपूर्ण योग्गदान पुर्याएको, बाघ, हात्ती, गैडा लगायतका दुर्लभ बन्यजन्तु अवलोकनको राष्ट्रिय अन्तर्राष्ट्रिय गन्तव्य बन्न सफल भएको बताए । उनले अबर्दियालाई विश्व जगतमा ब्राण्डिङ्ग गर्न प्रदेश सरकारले पहल लिने बताए । बर्दियालाई धार्मिक, साँस्कृतिक दृष्टिकोणले समेत स्थापित गर्न सकिने उनको भनाइ छ ।

बर्दियाको जिल्लाको पवित्र धार्मिकस्थल ठाकुरबाबा मन्दिरको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो बताएका हुन् । ‘यहाँको पर्यटन क्षेत्रलाई थप उचाईमा पुर्याउन सरकारले बनाउने पर्यटन सर्किट मा जोड्छौं । उनले भने, ‘लुम्बिनीमा आउने पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्जमा ल्याउने, धेरै समय अडिने गरी प्याकेज बनाउने गरी काम भइरहेको छ । पर्यटनको विकासले समग्र लुम्बिनीको विकासमा टेवा पुर्याउँछ ।’

बर्दिया जिल्लाको समग्र विकासका लागि प्रदेश सरकारले योजना तथा बजेटमा प्राथमिकता मा पार्ने उनले प्रतिवद्धता व्यक्त गरे । चालू आर्थिक बर्षमा प्रदेश सरकारले बर्दिया जिल्लामा १ अर्ब बढी बजेट विनियोजन गरेको छ । बर्दियाको रैथाने कृषि बालि प्रबर्द्धनमा समेत सरकारले प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार