मुख्य समाचार
भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग | बुटवलमा ‘रैथाने सीप, कला र उत्पादन प्रदर्शनी’ हुने, ५५ स्टल रहने | मुलुकभर दोस्रो आर्थिक गणना सुरु : १५ लाख व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिँदै |

बुटवल ओपन टेनिस : पाँच स्वर्णसहित अधिकांस मेडल पोखरालाई

Ujyalosandeshonline 11003+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

बुटवल । बुटवलमा सम्पन्न दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा पोखरेली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सो प्रतियोगिताबाट पोखराले महत्वपूर्ण पाँच स्वर्ण पदक भित्र्याएको छ ।

प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा पोखराका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि जिते । त्यस्तै पोखराकै अनिल शाहीले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै स्वर्ण जिते ।

४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो जोडीले रोहित सुनुवार र जोली तारगङको जोडीमाथि ७–५, ७–५ को नतिजा निकालेको थियो । 

त्यस्तै, लोक गुरुङ्ग र धरमबहादुर लामिछानेको जोडीले ५५ वर्ष माथिको डबल्समा स्वर्ण जिते । उनीहरुले फाइनल खेलमा बिमल वाइबा र हिमाल शाहको जोडीलाई ३–६, ७–५ र १०–६ ले पराजित गरेका थिए ।

३५ वर्ष माथिको डबल्समा अनिल शाही र सिमान्त गुरुङ्गको जोडीले सन्तोष खत्री र सन्जय श्रेष्ठको जोडीलाई ६–३, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । 

मेन्स डबल्सतर्फ आशिष खड्का र आयुष्मान घले जोडीले स्वर्ण जिते । उनीहरुले सक्षम बिक्रम शाह र आर्यन गिरीको जोडीलाई ६–४, ६–२ को स्कोरमा पराजित गर्दै उपाधी जितेका हुन् । 

मेन्स सिंगलतर्फ गोपीबहादुर भट्टराईले दोश्रो स्थान हाँसिल गरे । फाइनल खेलमा उनी कमल भण्डारीसंग ६–१, ६–१ ले पराजित हुन पुगेका थिए ।

जित पछि प्रतिक्रिया दिंदै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले यो पोखराका लागि ऐतिहाँसिक सफलता भएको बताए । उनले भने, ‘यो टुर्नामेण्टमा प्राप्त पदकले अब पोखरा टेनिसमा पछि छैन भन्ने प्रमाणित गरेको छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार