मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

रासस 543+ समाचार ( )
२६ फाल्गुन २०८२, मङ्गलबार

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर बर्सेनि बढ्दै गएपछि ३५ वर्ष माथिका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिने भएको छ । आगामी चैत १ देखि ५ गतेसम्म जिल्लाभर जापनिज इन्सेफलाइटिसविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले बताउनुभयो । अभियानअन्तर्गत जिल्लाभित्र रहेका ३५ वर्षमाथिका एक लाख ५० हजार बढी नागरिकलाई खोप लगाइने लक्ष्य राखिएको छ ।

“चालु आर्थिक वर्षमा मात्र जिल्लामा जापनिज इन्सेफलाइटिसका १५ सङ्क्रमित फेला परेका छन् । तीमध्ये ६ जनाको मृत्यु भइसकेको छ”, उहाँले भन्नुभयो, “सङ्क्रमण दर बर्सेनि बढ्दै जान थालेज्ञपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)लाई मात्र लक्षित गरेर खोप अभियान सञ्चलन गर्न लागिएको हो ।” जिल्लामा रोगको जोखिम देखिँदै गएपछि यसको रोकथामका लागि खोप अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य अधिकृत प्रवीणकुमार खनालले बताउनुभयो । उहाँका अनुसार अभियानमार्फत जिल्लाका आठवटै स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गरिने छ ।  

“लक्षित उमेर समूहका सबै नागरिकलाई नजिकको खोप केन्द्रमा गई अनिवार्य रूपमा खोप लगाउन जिल्लाका ३५ वर्ष उमेर र सो माथिका नागरिकलाई आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीय तह, स्वास्थ्य संस्था र सरोकारवाला निकायसँग सहकार्य गरी अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने तयारी गरेका छाँै ।”

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा आर्थिक वर्ष २०७९÷८० मा सात जनामा जापनिज इन्सेफलाइटिस पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी आव २०८०÷८१ मा आठ जनामा सङ्क्रमण भएकामध्ये एक जनाको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख केशव चापागाईँले जानकारी दिनु भयो । 

जापनिज इन्सेफलाइटिस क्युलेक्स भन्ने लामखुट्टेबाट सर्ने रोग हो । यी लामखुट्टेहरू मध्यम आकारका, खैरो रङको र पेटतिर भने सेतो चिह्न भएका हुन्छन्, तिनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछन् । विशेष गरी धान बालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख वासस्थान हो, साउन, भदौ र असोजमा जापनिज इन्सेफलाइटिस बढी देखिने गर्दछ  । 

यस रोगबाट धेरै व्यक्ति गम्भीर बिरामी नहुने गरे पनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको प्रमुख चापागाईँले बताउनुभयो । “यो रोग लाग्दा धेरैजसोलाई ज्वरो, झाडापखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने,  टाउको दुखाई वा कमजोरी देखिन्छन्”, उहाँले भन्नुभयो, “यस रोगका खतराका लक्षण छारे रोग, प्यारालाइसिस र अचेत हुनु  रहेको छ ।” 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार