मुख्य समाचार
त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन |

जिफन्ट उपाध्यक्ष कमल गौतमको निधनले सिद्धार्थ उद्योग वाणिज्य संघ मर्माहित

Ujyalosandeshonline 12612+ समाचार ( )
१३ कार्तिक २०८२, बिहीबार

भैरहवा । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष तथा मजदुर नेता कमल गौतमको निधनले सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्तब्ध भएको छ । बिहीबार संघको अगुवाइमा भैरहवाका उद्योगहरुको विद्युत कटौतीविरुद्धको आन्दोलनलाई सम्बोधन गरिरहेकै अवस्थामा गौतमको निधन भएको थियो ।

संघले एक विज्ञप्ति जारी गर्दै गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ र यसले संघ परिवारलाई अत्यन्तै मर्माहित बनाएको जनाएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले स्वर्गीय गौतमप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । स्वर्गीय गौतमको सम्मानमा कार्तिक १४ गते शुक्रबार सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको सचिवालय बन्द रहने निर्णय गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै