मुख्य समाचार
मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना | गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला | बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह |

कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने

Ujyalosandeshonline 12318+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपरान्ह ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । 

२७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाएर विश्वासको मत लिन लागेका हुन् । भागबण्डा मिलेपछि बुधबारमात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई विना विभागीय मन्त्री नियुक्त गरे । माओवादी केन्द्रले मुख्यमन्त्री कँडेललाई विश्वासको मत दिने निर्णय गरिसकेको छ । 

४० सदस्यीय कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद छन् । त्यस्तै, नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्री कँडेललाई विश्वासको मत लिन २१ सांसदको समर्थन आवश्यक पर्छ । माओवादी केन्द्रले समर्थन गरेपछि कँडेलले विश्वासको मत पाउने लगभग निश्चित भइसकेको छ । 

तर यसअघि भने प्रदेश सामाजिक मन्त्रालय कसले लिने भन्ने विषयमा भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । नेताहरूका अनुसार माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लिने सहमति भएको छ । 

एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा योजना मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालय भागबन्डा टुंगिए पनि मन्त्री भने टुंगिसकेको छैन । विना विभागीय मन्त्रीको जिम्मेवारी पाएका माओवादी केन्द्रका परियारले बुधबार नै शपथ ग्रहण गरिसकेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार