मुख्य समाचार
सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न |

बाढी–पहिरो प्रभावित क्षेत्रमा तीव्र रुपमा राहत वितरण भइरहेको छ : गृहमन्त्री लेखक

Ujyalosandeshonline 12617+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गत असोज १० देखि १३ गतेसम्म भएको भारी वर्षाले निम्त्याएको बाढी–पहिरो प्रभावितको उद्धार सकिएर राहतको काम भइरहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको १४ औं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा गृहमन्त्री लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रमा तीव्रताका राहत वितरणको काम भइरहेको बताएका हुन् । 

बाढी पहिरो प्रभावित २० जिल्लाका ७१ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै उक्त पालिकामा तत्काल राहतको प्याकेज घोषणा गरिएको उनले बताए । उनका अनुसार बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय कार्यकारी समितिको बैठकबाट अति क्षति भएको पालिकालाई एक करोड, मध्ये क्षति भएका पालिकालाई ७५ लाख र कम क्षति भएको पालिकालाई ५० लाख दिने निर्णय भएको छ । 

असोज दोस्रो साताअघि भएको विपद्ले निम्त्याएको घटनामा पुनर्स्थापना र पुनर्निर्माणको काम भइरहेको उनको भनाइ छ ।   ‘एक वर्षयताका विपद्का घटनाको सम्बोधन हुने गरि निर्णय गर्न आवश्यक छ । पुनर्स्थापना र पुनर्निर्माणमा जाजरकोट भूकम्पदेखिकै विषयलाई समेट्नुपर्छ,’गृहमन्त्री लेखकले बताए । विपद्मा सीमित स्रोत साधनका बाबजुद नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो काम गरेको भन्दै गृहमन्त्री लेखकले थप स्रोत साधनको आवश्यकता औँल्याए । 

साथै उनले विपद् प्राधिकरणलाई सातै प्रदेशमा स्थापना गर्नुपर्नेमा उनले जोड दिए । बैठकमा असोज दोस्रोसाता आएको विपत्तिमा नेतृत्वदायी भूमिका खेलेको भन्दै भौतिक पूर्वाधारमन्त्री, स्वास्थ्यमन्त्री, खानेपानीमन्त्री लगायतले गृहमन्त्री लेखकको प्रसंशा गरेका थिए । 

गृहमन्त्री लेखकको समन्वयकारी भूमिकाले अवरुद्ध सडक र खानेपानी संचालनमा ल्याउनका तथा घाइतेको निःशुल्क उपचार गराउन सहज भएको मन्त्रीहरुको भनाइ थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार