मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

अर्घाखाँचीमा भलिबल प्रतियोगिता सुरु : खेलाडी अनुशासित र राष्ट्रका निर्माता हुन्– प्रजिअ सुवेदी

Ujyalosandeshonline 12611+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले खेलाडीहरू अनुशासित र मर्यादित नागरिक हुनुपर्ने बताउनुभएको छ। सातौं अर्घाखाँची महोत्सव अन्तर्गत सुरु भएको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्रजिअ सुवेदीले स्वच्छ नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो । उहाँले खेलाडीहरू भविष्यका राष्ट्र निर्माता भएको उल्लेख गर्दै महोत्सवभित्र खेलकुद गतिविधि समेटिनु सकारात्मक पक्ष रहेको धारणा राख्नुभयो।

चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजना र मन्जरी युवा क्लबको सह–आयोजनामा सञ्चालित उक्त प्रतियोगितामा २७ टिमको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने टिम तथा उत्कृष्ट खेलाडीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिने आयोजकले जनाएको छ। कार्यक्रममा प्रहरी नायब उपरीक्षक दिवस जीसी, सशस्त्र प्रहरी प्रमुख योगराज दाहाल, चेम्बर अध्यक्ष अशोक श्रेष्ठ, भुमिकास्थान–८ का वडाध्यक्ष राज कुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजीकरण क्लबका अध्यक्ष विक्रम नेपालीले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार