मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

राष्ट्रिय जनमोर्चाद्वारा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको दाबी, अन्तर्राष्ट्रिय अदालत जाने तयारी

अनिल नेपाली 141+ समाचार ( )
२२ भाद्र २०८२, आइतबार

अर्घाखाँची । राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकोमा जोड दिँदै यसमा छिमेकी राष्ट्रहरूको हस्तक्षेप दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ।

आज सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खत्रीले उक्त भूमि नेपालको अविभाज्य अंग भएको र यसमा भारत र चीनले हस्तक्षेप गर्न नहुने बताउनुभयो। उहाँले आफ्नो भूमि फिर्ता ल्याउन कूटनीतिक पहल मात्र पर्याप्त नभएको भन्दै अब राष्ट्रप्रेमी जनताले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नुपर्ने बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झविलाल थापा, यमलाल पोखेल लगायतका केन्द्र तथा प्रदेशका नेताहरूको उपस्थिति रहेको थियो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसीको अध्यक्षता, सचिव बाबुराम पन्थी सुनारको सञ्चालन र उपाध्यक्ष गोपाल पौडेलको स्वागत मन्तव्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार