मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |
मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |


सिद्धार्थ रङ्गशालालाई नेपालको तेश्रो अन्र्तराष्ट्रिय रङ्गशालाको रुपम विकास गर्छौ : केन्द्रिय अध्यक्ष चन्द

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार


भैरहवा । नेपाल क्रिकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले भैरहवामा रहेको सिद्धार्थ रङ्गशालालाई नेपालको तेश्रो अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालाको रुपमा अगाडी बढाउने बताएका छन् । यसको सुरुवात प्रधानमन्त्री कप संगै भैसकेको उनले बताए । 

मंगलबार सिद्धार्थ रङ्गशालाको निरिक्षण गर्दै उनले केही सामान्य काम बाँकी रहेकोले यो पुरा हुने बित्तिकै अन्र्तराष्ट्रिय एकदिवसीय प्रतियोगिताहरुको आयोजना गर्न सकिने बताए । “तपाईहरु ढुक्क रहनुस नेपालको तेश्रो अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशालाको रुपमा भैरहवाको मैदान हुनेछ ।” सञ्चारकर्मीहरुसंग कु्रा गर्दै उनले भने “सम्भवतः २०२४ मै यहा अन्र्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु हुनसक्छन ।”

उनले भैरहवा र पोखराका मैदानलाई काठमाण्डौं बाहिर अन्र्तराष्ट्रिय खेलहरु खेलाउन सक्ने बारे अध्ययन भैरहेको बताए । उनले रुपन्देही क्रिकेट संघ जसरी सिद्धार्थ रङ्गशालालाई अगाडी बढाउन लागि परेका छन् त्यस अनुसार केही पूर्वाधार बढाए यहा निकट भविष्यमै एकदिवसीय खेलहरु हुन सक्ने बताए । “अन्र्तराष्ट्रिय खेलहरु खेलाउन केही पूर्वाधारहरु आवश्यक पर्दछन्,  केही शर्तहरु पालन गर्नुपर्ने हुन्छ ।” उनले भने “ती सबै पुरा हुने बित्तिकै हामी यहा खेल गराउन पहल गर्छौ ।”

उनले एक डेढ महिनामै आईसीसीका पदाधिकारीहरु पनि नेपाल आउने र त्यस क्रममा भैरहवा र पोखराका रङ्गशालालाई प्राथमिकतामा राखी उनिहरुलाई भ्रमण गराउने प्रतिवद्धता जनाए । पुस २७ गते सुरु हुने प्रधानमन्त्री कपको लागि काठमाण्डौं बाहिर पहिलो पटक भैरहवामा खेलको आयोजना हुनुलाई पनि सुखद मान्न सक्ने उनले बताए । 

रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले प्रधानमन्त्री कपको लागि आफुहरु हौसिएको बताए । मैदानको ब्यवस्थापन लगायतमा रुपन्देही क्रिकेट संघको सम्पूर्ण टिम नै लागेको र थप सहयोगको लागि स्थानिय सरकार र प्रदेश सरकारको खाँचो रहेको उनले औल्याए । उनले खेल मैदानलाई थप ब्यवस्थित बनाउन केही लगानीको आवश्यकता रहेको बताए । यसको लागि स्थानिय तहहरु र प्रदेश सरकारसंग पहल बढाईरहेको उनले जानकारी दिए । 

पुस २७ गते देखि सञ्चालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणका खेलहरु भैरहवामा सञ्चालन हुदैछ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघको आयोजनामा संचालन गरिदै आएको प्रधानमन्त्री कप अन्र्तगतका खेलहरु पहिलो पटक भैरहवामा सञ्चालन हुने भएको हो । 

७ प्रादेशिक टीम र ३ विभागीय टीमहरु गरी १० टीमहरुविच संचालन हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष राउण्ड रोबिन लिगको आधारमा संचालन गरिने छ । लिग चरणको ८ देखि १० खेलहरु भैरहवा क्रिकेट मैदानमा संचालन गर्ने गरी कार्यक्रम तय गरिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए ।

त्यसैको तयारीको बिषयमा अवलोकन गर्न नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्द सिद्धार्थ रङ्गशाला पुगेका हुन् । उनलाई रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा संगै नेपाल क्रिकेट संघका पूर्व कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल, नेपाल एम्पायर एण्ड स्कोरर् एशोसिएनको केन्द्रिय अध्यक्ष सत्यजित सरकार, रुपन्देही क्रिकेट संघका उपाध्यक्ष धिरज क्षेत्री लगायतले स्वागत गरेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार