मुख्य समाचार
गौथली भिरमा ढलान गरिएको सडक | नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा | गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर | मधेस सरकारको बजेटमाथिको छलफल अन्यौलमा | घुससहित सब डिभिजन वन कार्यालय सिरहाका प्रमुख यादव पक्राउ | अब गृह प्रशासनको यात्रा सुरक्षा, सुशासन र निष्पक्षताको ठोस नतिजामा देखिनेछ : गृहमन्त्री | नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित | गृहिणी होइन, अब उद्यमी: सिद्धार्थनगरका महिलाको नयाँ परिचय | पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित | लुम्बिनी प्रदेश सभाको पन्ध्रौं बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल हुने |

सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको कांग्रेसको निष्कर्ष

Ujyalosandeshonline 11712+ समाचार ( )
२ वैशाख २०८१, आइतबार

काठमाडौं । नेपाली कांग्रेसले सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको छ । आइतबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पर्याप्त समय हुँदाहुँदै सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेर तानासाही प्रबृत्ति देखाएको बताए ।

बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गैरजिम्मेवार, जबाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतीबाट टाढा जानेगरी मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको लेखकले जानकारी दिए ।

‘सरकार गैरजिम्मेवार, जबाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतीबाट टाढा जाने गरी मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष हाम्रो छ,’ बैठकपछि लेखकले भने, ‘सदनको चालु अधिवेशन पर्याप्त समय हुँदाहुँदै अप्रत्याशित र असमय अधिवेशन अन्त्य गर्ने, सदनमा बहुसंख्यक सांसदले उठाएका कुराप्रति सरकार गम्भीर नहुने विषयले नै सरकार कति गैरजिम्मेवार छ भन्ने देखिइसकेको छ।’

प्रमुख सचेतक लेखकले विगत एक महिनादेखि कांग्रेसले सहकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको विषय तथ्य र प्रमाणसहित उठाउँदै आएको पनि बताए। कांग्रेस संसदीय दल बैठकले ‘जनताका प्रत्यक्ष सरोकारका विषयमा गैरजिम्मेवार हुँदै संघीय संसदको चालु अधिवेशनको अन्त्य गर्ने सरकारको निर्णयको घोर भर्त्सना र निन्दा’ गरेको छ।

शनिबार कांग्रेसका महामन्त्री गगन थापाले एक भिडियो सन्देशमार्फत् गृहमन्त्रीको राजीनामा नमागेको स्पष्ट पारेका थिए । उनले संसदीय छानबिन समितिमात्रै माग गरेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार