मुख्य समाचार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ |

केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गरिने : अर्थमन्त्री खनाल

Ujyalosandeshonline 12082+ समाचार ( )
१२ मंगशिर २०८२, शुक्रबार

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले करदाता सेवा कार्यालयबाट प्रदान भएका केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गर्ने बताउनुभएको छ । अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठकलाई आज सम्बोधन गर्दै परिषद्का संयोजकसमेत रहनुभएका मन्त्री खनालले करदाता सेवा कार्यालयबाट प्रदान भएका केही करसम्बन्धी सेवाहरू स्थानीय तहबाट सुरु गर्ने प्रबन्ध मिलाइएको बताउनुभएको हो । करदाताले स्थानीयस्तरमै सेवा प्राप्त गर्ने र स्थानीय तहको राजस्व क्षमतासमेत अभिवृद्धि हुने जानकारी उहाँले गराउनुभयो ।

अर्थमन्त्री खनालले बजेट निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय तहहरू स्वतन्त्र, स्वयं उत्तरदायी भएको धारणा व्यक्त गर्नुभयो । वित्तीय सङ्घीयतप्रतिको प्रतिबद्धतासमेत जनाउनुभयो । बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री तथा अर्थमन्त्री र अन्य प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरूलगायत परिषद्का सदस्यहरूले वित्तीय सङ्घीयता कार्यान्वयनका सम्बन्धमा देखापरेका समस्या र समाधानका उपायका सम्बन्धमा आआफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सातै प्रदेशका अर्थमन्त्रीहरूले संयुक्त रूपमा तयार गरेको वित्तीय सङ्घीयता सम्बद्ध घोषणापत्र कार्यान्वयन सहजीकरणका लागि सङ्घीय अर्थमन्त्रीसमक्ष पेस गरेका थिए । सोही अवसरमा नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घका अध्यक्षसहित  विभिन्न पालिकाका प्रतिनिधि  सदस्यहरूले वित्तीय समानीकरण अनुदान विनियोजनबमोजिम प्राप्त हुनुपर्ने, वित्तीय सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुनी तथा प्रक्रियागत विषयहरूमा छिट्टै टुङ्गोमा पुग्नुपर्नेमा जोड दिएका थिए ।यसै क्रममा विज्ञ सदस्य, विभिन्न मन्त्रालयका सचिव, अर्थसचिव एवं नेपाल राष्ट्र बैंकका गभर्नरले बैठकमा उठेका विषयमा आआफ्नो क्षेत्रबाट योगदान पुर्याउने धारणा राखेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार