मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

मधेस प्रदेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा

Ujyalosandeshonline 12463+ समाचार ( )
२२ कार्तिक २०८२, शनिबार

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ ले आफ्नो पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रदेशसभा बैठकमा उहाँले आफ्नो पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।आज प्रदेशसभामा विश्वासको मत लिन पुग्नुभएका मुख्यमन्त्री सोनलले विश्वासको मत पाउने सुनिश्चित नदेखेपछि राजीनामा घोषणा गर्नुभयो । उहाँले आजै प्रदेशप्रमुखको कार्यालयमा आफ्नो राजीनामा पेस गर्ने  जानकारी दिनुभएको छ ।

मुख्यमन्त्री सोनल गत असोज २९ गते ५६ संसद्को समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियोे । लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनललाई गत असोज २९ गते प्रदेशप्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गर्नुभएको थियो । 

एक सय सात सदस्य प्रदेशसभामा सरकार गठनका लागि ५४ आवश्यक बहुमत हो । मधेस प्रदेशसभामा सत्ता गठबन्धन लोसपाको आठ, जसपा नेपालको १८, जनमतको १३, नेकपा माओवादी केन्द्रको नौ र एकीकृत समाजवादीको सात सिट छ । नागरिक उन्मुक्ति पार्टीले उहाँलाई विश्वासको मत दिने निर्णय गरिसकेको भए पनि मत दिने आश्वासन दिएको सङ्घीय समाजवादी पार्टीका सांसद बिमला अन्सारी आज अनुपस्थित हुनुभएको थियो ।

माओवादी केन्द्रका सांसद रहवर अन्सारी र माला राईले आज सदनमा असन्तुष्टि जनाउनुभएको थियो । त्यसपछि आफूले मत पाउने सुनिश्चित नदेखेपछि उहाँले राजीनामा घोषणा गर्नुभयो । मुख्यमन्त्री सोनललाई मधेसका प्रदेशप्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार